डिकेन्द्र बस्नेत, झापा । हालै सम्पन्न अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘क्लासी मोडल इन्टरनेशनल’ मा नेपालका प्रवीण पाठकले क्लासि मोडल युनिभर्सको उपाधी जितेका छन।
इन्डोनेसियाको बालिमा १५ मे देखि शुरु भएको इभेन्टमा विभिन्न देशहरुबाट करिब २० जना भन्दा बढी देशका मोडलहरु मध्येबाट पाठकले आज भएको फिनालेमा क्लासि मोडल युनिभर्सको टाइटल जितेका हुन । यो सँगेै उनले अन्य २ विधामा समेत जित्न सफल भएका छन। पाठक सर्वाधिक भोटको आधारमा मस्ट पपुलर अवार्ड र सेमिफॉर्मल पहिरनमा उत्कृष्ट भएका हुन। विजेता भए सँगै उनले दुई हजार अमेरिकि डलर बराबरको पुरस्कार पाएका छन। साथै केही समय पश्चात फिलिपिन्समा घुम्ने अवसर उनले पाएका छन् ।
झापाको दमक ५ निवासी पाठक विगत केही वर्षदेखि मोडलिङको क्षेत्रमा काम गर्दै आएका एक मिहिनेती युवा हुन् । क्लासि मोडल युनिभर्स टाइटल जितेका पाठक सुचना चौतारीसँगको कुराकानीमा भने ‘ प्रतिस्पर्धा चुनौतिपुर्ण भए पनि अन्य प्रतिस्पर्धीहरु भन्दा आफुलाई टेक्निकल पार्टोले गर्दा पनि त्यति गार्हो नभएको बताए । नेपालको प्रतिनिधित्व गर्दे अन्तर्राष्ट्रिय स्तरमा भाग लिइ यो सफलता पाउनुलाई देशको गौरव राखेको अनुभूति महशुस भएको छ।’
२०६९ मा मिस्टर क्याथफोर्ड जितेका पाठक २०८० मा सम्पन्न भएको मिस्टर नेपालको टप १० फाइनालिस्ट साथै २०८० मै मिस्टर वर्ल्ड हेरिटेज नेपालको उपाधि जित्न सफल भएका थिए। उनले अण्डर १९ उमेर समूहका बालबालिकाहरूको प्रतिभा प्रष्फुटन हुनेगरी कोशी प्रदेशस्तरीय मिस आर्टिष्ट्री सौन्दर्य प्रतियोगिता विगत ३ वर्षदेखि निरन्तर गर्दै आएका छन् ।
२९ वर्षीय पाठकले सिभिल ईन्जिनियरिङमा स्नातक गरेका छन् भने उनले सामाजिक सेवा र युवा जागरणको कार्यमा पनि सक्रियता देखाउँदै आएका छन् । पाठक दमक ४ स्थित पूर्वाञ्चल बोर्डिङ स्कूलका निर्देशक हुन् भने दमक प्याव्सन कार्यसमिति सदस्यको जिम्मेवारीमा पनि रहेका छन् ।



