Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समाजसेवाकाे पर्यायवाची नाम ” तुलसी श्रेष्ठ “

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 13, 2024
33 shares

बाँच्न त कमिला पनि बाँचेकै हुन्छ र खानको लागि किरा फट्याङ्ग्राले पनि खाएकै हुन्छ भने ज्यान बचाउनकै लागि त गाेब्रेकिराले पनि बचाएकै हुन्छ।

मानिस भएर उसमा मानवता, दया, र सेवाको भाव त्यो मानिसमा रहेन भने मानिस मात्रै रहन्छ मानव बन्न सकेको हुँदैन !

आदरणीय पाठक तथा दर्शकहरु , हो आज हामी एकजना त्यस्ता मानवको विषयमा विस्तृत प्रस्तुत गर्न लागेका छौँ। यो सामग्रीबाट तपाईंको हृदयमा पनि मानवता जाग्ने छ र समाजमा सामाजिक प्राणीको परिचय स्थापित गर्ने तर्फ लाग्न तपाईंहरूलाई प्रेरणा मिल्ने अपेक्षा गर्दछौँ।

( महालक्ष्मी नगरपालिका -४ धनकुटामा २०३५ सालमा बुवा ओम कुमार श्रेष्ठको परिवारमा दोस्रो सन्तानको रूपमा जन्म लिइ हाल गोकर्णेश्वर नगरपालिका – ६ नयाँ बस्तिमा साधारण जीवनयापन गर्ने मानिस तुलसी श्रेष्ठ हुन्।

covid-19 को कारण विश्व आक्रान्त भएको त्यो कहालीलाग्दो अवस्थाबाट नेपाल पनि अछुतो थिएन । त्यो अवस्थामा तुलसीको मनमा उब्जिएको एउटा अठोटले उनले आफ्नो फेसबुक वालमा एउटा स्टाटस पोस्ट गरे ,”२० जना दैनिक ज्यालादारी मजदूरी गर्ने हरुका लागि १० किलो चामल, १ किलो दाल, र १ लिटर तेल उपलब्ध गराउँछु कोही भए सम्पर्कमा आउनुस् है।”

हो, मानिसमा मानवता जाग्नका लागि धेरै धन सम्पति चाईदैन ठूलो त मन भए पुग्छ । त्यही ठूलो मन भएका तुलसीले आफ्नो घर परिवारका लागि सञ्चय गरिएको रासनबाट मानवता सुरु गरे।

covid ले ग्रस्त अवस्थामा देशभर मानिसहरूको आवत जावतमा राज्यले नै रोक लगाएको थियो ताकि एकमा भएको कोरोना संक्रमण अर्कोमा नसरोस् भन्नका लागि।
कयौँ हस्पिटलका बेडहरुमा covid का कारण मानिसहरु मृत्युसँग लडिरहेको थियो भने कति मानिसहरु कोरोनाको कारण मृत्यु भएका लास हरु लिएर आर्यघाटमा पालो कुर्नु पर्ने अवस्थामा थिए।

सबैले आ आफ्नै ठाउँबाट covid का कारण राजधानीका विभिन्न ठाउँमा अलपत्र परेका मानिसहरूलाई सहयोग र सहायता त गरेकै थिए तर धन हुने हरुले महिनौ दिनका लागि आफ्नो व्यवस्था पनि गरिसकेका थिए , दैनिक ज्यालादारी गरेर परिवार पाल्ने मानिसहरु ठूलो समस्यामा थिए ।

राज्यले सवारी आवागमनमा रोक लगाएपछि सडकपेटी र ठूला पार्क छेउमा अलपत्र परेका बटुवाहरु र हिँडेरै आफ्नो गन्तव्य तय गर्ने मानिसहरु साथै दैनिक ज्यालादारी गर्न जानेआउने मानिसहरुकालागि मानवताले भरिएका तुलसी श्रेष्ठ भगवान बनेर तयारी खानाका प्याकेटहरु बढ्न थाले।

२० जना दैनिक ज्यालादारी लाई १० किलो चामल, १ किलो दाल, र १ लिटर तेलबाट सुरु गरेको उनको सेवाले आफ्नै घरमा घरपरिवारले तयार गरेको खाना पचासौँ जनाको लागि गौशाला, खुल्ला मञ्च, कोठेश्वरकाे तीनकुने चउर हुँदै उपत्यकाको प्रायः हस्पिटलहरुमा रहेको बिरामीका कुरुवा हरु समेतमा सेवा पुर्याउन थाले।

यति समय पार गर्दा सम्म उनलाई नेपालकै केही उद्योगी ब्यवसायी, व्यापारीहरूले केही आर्थिक तथा जिन्सी सहयोग गर्न थालिसकेका थिए । तुलसीको समाज सेवामा हाम्राे टीम नेपालले पनि साझेदारीमा उमेश बोहोरा जोडिए । UK बाट समाज सेवी ईशा गुरुङ, Israel बाट सुनिता गुरुङ, तथा नाम नखुलाउने सर्तमा देश तथा विदेशबाट आर्थिक तथा खाना बनाउनु प्रयोग हुने दाल चामल नुन तेल तरकारीहरू सक्दो सहयोग मात्र गरेनन् उनको सहयोगी भावनालाई साथ दिँदै खाना पकाउन र ठाउँ ठाउँमा बाढ्ने भोलेन्टियरको रूपमा ती मानिसहरु पनि जोडिए ।

गोकर्णेश्वर नगरपालिकाको सामान्य आर्थिक सहयोगमा श्रेष्ठले आफ्नै घरमा covid का बिरामीहरुका लागि तीन महिना isolation सेन्टर समेत संचालन गरेका थिए भने वीर हस्पिटल , ट्रमा सेन्टर जस्ता हस्पिटल संगको समन्वएमा आफ्नो isolation सेन्टरमा राखिएका बिरामीहरुका उपचारपछि बिरामिहरूलाई घर सम्म पुर्याएका थिए।

देशको ७० ओटा जिल्ला भन्दा बढिमा जिल्लाहरूको विभिन्न ठाउँहरूमा अनेकौं प्रकोपबाट पीडित भएका नागरिकहरुको पिडामा मलम लगाउने क्रममा covid नियन्त्रणका सामग्री तथा भूकम्प पीडित, आगलागी पीडित, र दैविक प्रकोप पीडितहरुका लागि जाजरकोट, भोजपुर, बाराको जितपुरमा, मकवानपुरको चेपाङ बस्ती लगायत देशको जुन ठाउँमा मानिसहरु अफ्ट्यारो पर्दछन् उनलाई जानकारी भए अनुसार उनी आवश्यक सामग्री सहित त्यहाँ पुग्छन्।

भूकम्प पीडित, आगलागी पीडितहरुका लागि अस्थायी टहरा बनाउन कर्कट पाता सहित ग्रसित ठाउँमा तत्काल पुग्ने श्रेष्ठ दुई छोराको बुवा समेत हुन्। हाल श्रेष्ठले आफ्नै घरमा त्यो कोरोना काल देखिनै Isolation को लागि तयार गरेको ठाउँलाई Holding सेन्टरका रूपमा ५० जना भन्दा बढी मानिसहरु राखेर सेवा दिइरहेका छन्।

टाढाबाट आफन्तको उपचारकालागि राजधानी आएका मानिसहरु आफ्ना आफन्त हस्पिटलबाट उपचार गरेर घर जाने बेला सम्म खर्चिलो बसाई होटलमा बस्न भन्दा तुलसी श्रेष्ठको Holding सेन्टरमा बस्ने गरेको पाइएको छ । जब आफ्ना बिरामी ठीक हुन्छन् अनि बिरामी लिएर आफन्त हरु तुलसीको Holding सेन्टरबाट बिदा हुन्छन्।

सेवाकै क्रममा तुलसी श्रेष्ठले सामाजिक सेवाका लागि ,”समानुभुती नेपाल” नामक संस्था मार्फत माथि उल्लेखित सबै सेवाहरु गर्दै आएका छन् भने सो संस्था लाई उनले सेवा गरेका विभिन्न बेक्ती तथा स्थानीय सरकार प्रमुख हरुले स-घन्यबाद प्रमाणपत्रहरू समेत प्रदान गरेकाछन् भने सममजसेवी श्रेष्ठ आफुले गर्दै आयकाे समाजसेवामा लागिरहेका छन्। )

के मानव सेवाका लागि प्रेरणाको स्रोत तुलसी श्रेष्ठ जस्ता मानवताले भरिएका मानिस तपाईं र तपाईंको
बस्ती, छिमेक र शहरहरूमा छैन र ? यदि छन् भने आजका लागि मात्र हैन जीवन मृत्यु पश्चात पनि आफ्नो परिचय बनाउनका लागि सेवा गरौँ। हामीले एकले अर्काको दुःख कष्ट मा सहायता गरौँ। तुलसि श्रेष्ठकाे सहयाेगि भावना सहितकाे मानवसेवामा हातेमालाे गर्नुहुने सबै सहयाेगि मनका धनी ब्यक्ति,समूह र संस्थाहरुप्रति धन्यबाद ।।

डिकेन्द्र बस्नेतद्वारा निर्मित तुलसि श्रेष्ठकाे समाज सेवा सम्बन्धि  भिडियाेकाे लागि याे link मा थिच्नुहाेस👇️👇️👇️ https://www.facebook.com/share/v/yXgQ2SAGczUinusg/?mibextid=oFDknk

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved