काठमाडौं । केही दिन देखी निरन्तर मौषममा आएको परिवर्तन र बर्षा आज बाट क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यतिबेला गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको छ । दिउँसो काठमाण्डौ उपत्यकासहित पहाडी भेगका थोरै ठाउँमा र तराईका एक, दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद चिरञ्जीवि भेटवालकाअनुसार हिजोजस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन । हिजो कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मुसलधारे वर्षा भएको थियो । अघिल्लो हप्ता आइतवारदेखि लगातारजसो पानी परिरहेको छ ।
हिजोको तुलनामा आज कम र आजको तुलनामा भोलि कम पानी पर्ने सम्भावना रहेकाे ,बुधवार देखी धेरै ठाँउको मौषम सफा रहने महाशाखाले जनाएको छ ।
