काठमाडौं – नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यान लिनुपर्ने भनि दिएको अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ ।
यसैबीच ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा दण्ड दिनुपर्ने बताएका छन् । शनिवार सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले सो कुरा बताएका हुन् । उनले भने – ‘प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्छ।’
वैद्यले अपराधिक मनसायका साथ बोलेको बताएका छन् । मिसनवाला मिडियाले सुनेनन् भन्दै उनले बैद्यले अभिव्यक्तिप्रति कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव मौन रहेको बताएका छन् ।
उनले भनेका छन् – ‘नरोत्तम वैद्यले अपराधिक मनसायका साथ बोले।मिसनवाला मिडियाले सुनेनन्,देउवा प्रचण्ड माधव र उपेन्द्र मौन छन्,कसैले बोली फिर्ता लिन र आत्मालोचना गर भनिरहेका छन्,नवकाँग्रेस जमातले यसो भनेको पाइन्छ।प्रधानमन्त्रीको हत्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै दण्ड दिनुपर्छ।’

शुक्रबार बाग्मती प्रदेशसभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओलीको ज्यान लिने आसयको अभिव्यक्ति थिए। प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको उक्त बैठकमा बैद्यले ओलीको ज्यान लिनको लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको पनि बताएका थिए ।
