हिमांशु राय, मोरङ । मोरङको रङ्गेली नगरपालिका-९ दोहमनाबाट नेपाली नक्कली नोट सहित १ जना महिलालाई बिहिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका – ५ टकुवाकी ४० बर्षीया कुरेसा खातुनलाई ५ सय दरका १८ थान (नौ हजार) नेपाली नक्कली नोट सहित पक्राउ गरेको हो । नेपाली नक्कली नोट सहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ ।
