काठमाडौं । बाँकेमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
कोहलपुर पिपराहवामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियार र सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की रहेका छन् ।
प्रहरीको गोली लागेर सुशील परियार घाइते छन् । उनको खुट्टामा गोली लागेको छ । उनीहरूबाट प्रहरीले ११० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
