Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मातातिर्थ औँसीसँग ख्रीष्टियन कुनै साइनो छैन : डि बि मुखिया

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2024
1.8K

हाल धेरै जना ख्रीस्टियानहरु देखि लगेर ख्रीष्टियन अगुवा पास्टरहरुले समेत संसारिक पर्व मातातिर्थ औँसीको दिनमा happy mother day भन्दै आमाको मुख हेर्ने चाड मानेको र संसारिक पर्बसग दाजिएको प्रसस्तै भेटन र देख्न पाइन्छ।आखिर कुन संसारिक हो?कुन आत्मिक हो?भन्ने बारेमा फरक छुटयाउन पनि जानिएन भने दिन दिन पढेको बाइबलबाट आखिर के सिकियो होला?प्रत्येक हप्ताको साप्ताहिक आराधना संगति देखि,घरेलु संगति सभा सेमिनारमा कसरी वचन प्रचार गरियो होला?अब मातातिर्थ औसीसग ख्रीष्टियनकाे कुनै साइनो छैन भन्ने बारेमा छोटो चर्चा गर्न चहान्छु।

आखिर के हो त मातातिर्थ औसी?
संस्कृत भाषामा माता शब्दको अर्थ आमा हो र तिर्थ भनेको पुजा गर्न जाने ठाउँ,मन्दिर वा नदि किनार भन्ने अर्थ लाग्छ।समग्रमा मातातिर्थ भनेको आमाले नदि किनार वा पुजा गर्न जाने मन्दिर भन्ने अर्थ लाग्छ।यो मातातिर्थको मन्दिर हाल काठमाडौमा अवस्थित छ,र मातातिर्थ औसी बैशाख महिनामा पर्छ हिन्दु पात्रो अनुसार।मातातिर्थ औसीको बारेमा हिन्दु कथन अनुसार यस्तोछ,सति देबि अर्थात पार्बती देबि तिर्थ गर्न गएपछि मातुलेस्वर नाम गरेको छोरा जन्मिएको र उहि तिर्थ गर्न गएपछि मातेस्वर जन्मिएको कथालाइ जोडेर मातातिर्थ औसी मान्ने चलनको सुरुवात भएको हो।पछिल्लो समय यहि मातातिर्थको नामलाइ जोडेर प्रत्येक बर्षको बैशाख महिनामा मृत्यु भएर गएका आमा वा मृत आमाको नाममा पुजा गर्ने चलनबाट जोडेर जिउदो आमालाइ समेत पुजा गरि खाना खुवाउने चलन निकालिएको संसारिक पर्व हो मातातिर्थ औसी।

मातातिर्थ औसीसग जोडेर हामी ख्रीष्टियनहरुले पनि आमा खुवाउने औसी मान्नै पर्ने होर?
स्मरण रहोस कि २कोरिन्थी ६:१४-७:१ मा हेर्छौ भने संसारसग एउटै हलोमा नारिनु हुदैन भनेर सिकाइएकोछ अनि कलस्सी २:१६-२३ मा हेर्छौ भने हामी ख्रीष्टियनहरुले संसारिक पर्वहरु मान्नु कुनै आवस्यक पर्दैन तर त्यसबाट हामी स्वतन्त्र रहनु पर्छ भन्ने बिषयमा बताइएकोछ त पनि धेरै जना ख्रीष्टियन  पास्टर अगुवाहरु देखि धेरै जना ख्रीष्टियनहरुले आमा खुवाउने औसी भन्दै मातातिर्थ औसीलाइ निरन्तरता दिइएको पाइएको छ।अझ रमाइलो हास उठदो कुरो त यो छ कि ख्रीष्टियन  अगुवा पास्टर देखि धेरै बिस्वासीहरु मातातिर्थ औसीको दिन आमा खुवाउने औसी भन्दै ससुराली जाने माइती जाने समेत गरेको पाइयो र यो आखाले देख्न पाइयो।यी र यस्ता ख्रीष्टियनहरुले अरु केही भन्न सकिएन बरु यसो चाही भन्न सकिन्छ कि कतै?

🍒 इस्राएलीहरु मिश्र देसको दासत्वबाट छुटकारा भएर दूध र मह बग्ने कनान देस तर्फ यात्रा गरे त पनि उनिहरु मन बिचार र चालचलन व्यबहार सबै मिश्र देसमै भए जस्तै नाम चाही ख्रीष्टियन तर चालचलन व्यबहार अनि मन बिचार चाही संसार देखि छुटकारा नभएकाहरु भन्न सकिन्छ गन्ती १३:१-१४:१-४४,२१:१-९ गलाती ४:८-११,५:१-१२
🍒

ख्रीष्टियन भएर पनि मन,बिचार,व्यबहार र चालचलन सबै संसारिक मानिस जस्तो छ भने मति २२:१-१४ मा उल्लेखित बिवाहमा बिवाहको पोसाक नपहिरिएको नामधारी ख्रीष्टियनसँग तुलना गर्न सकिन्छ।

हामी ख्रीष्टियनहरुका लागी हरेक दिन आमा दिवस र बुबा दिवस हो। आमा र बुबालाइ आदर गर्न साथ दिनका लागी त्यस्तो कुनै विशेष चाड पर्व नै आउनु पर्दैन तर आपनो अनुकुल समय पारेर जति बेला पनि आफुलाइ जन्म दिने आमा र बुबालाइ आदर गर्छौ र साथ दिन्छौ भने त्यही नै हो विशेष दिन र समय।आमा र बुबालाइ आदर गर्नका लागी हरेक दिन नै हो त्यस्तो कुनै विशेष बर्ष र समय अनि चाडपर्व कुर्नु पर्दैन।बाइबलमा यसरी बताइएकोछ,छोराछोरी हो प्रभुमा आपना आमा बुबाको आज्ञा पालन गर,किनकी यो उचित हो,आपना बुबा र आमाको मान गर जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो एफिसी ६:१-२

आमा बुबाको आज्ञा पालन गर्नु:- आज्ञा पालन गर्नुको अर्थ आमा र बुबाले सिकाउनु भएको असल र आत्मिक आज्ञा,आदेस र संस्कारलाइ यदि पालन गर्नु र आपनो जिबनमा लागू गर्नु हो।
आमा र बुबाको मान गर्नु:-आमा र बुबाको मान गर्नुको अर्थ आमा र बुबालाइ आदर गर्नु हो।आदर गर्नुको अर्थ आमा बुबालाइ साथ दिनु,पालन पोषण गर्नु,वास्ता गर्नु,मन नदुखाउनु अनि उपहार दिनु,उत्साह दिनु,प्रेम देखाउनु र गर्नु हो।

आमा र बुबाको किन आज्ञापालन गर्ने?किन मान आदर गर्ने?
🍒हामी सफल हुनुमा परमेस्वर पछिको ठूलो हात आमा र बुबाको हुन्छ,त्यसैले आमा र बुबाको आज्ञापालन गरौ र मान गरौ।
🍒हामी यस पृथ्वीमा भौतिक शरीर लिएर जन्मनका लागी परमेस्वरले आमा र बुबाको शरिरलाइ प्रयोग गर्नु भयो,त्यसैले आमा र बुबाको आज्ञापालन गरौ र मान आदर गरौ।
🍒हामी श्रापित ठाउमा नपुगेर परमेस्वरले हाम्रो लागी राख्नु भएको आशिष सम्म पुग्न सकौ भनी परमेस्वरले आमा र बुबालाइ प्रयोग गरि हामीलाइ सहि बाटोमा डोरयाउनु हुन्छ,त्यसैले आमा र बुबाको आज्ञापालन गरौ र मान गरौ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved