Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उपेन्द्र – अशाेक फुटमा ओलि – प्रचण्डमा खुसियाली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 7, 2024
[webverse_shares]

काठमाडौं । जनता समाजवादी पार्टीको विभाजनले अर्को गठबन्धन र सरकार बन्ने सम्भावना तत्काललाई सकिएको छ ।

१२ सिट रहेको जसपा फुटेपछि अब उपेन्द्र यादव पक्षले समर्थन फिर्ता लिए पनि अहिलेकै सत्ता गठबन्धनको बहुमत रहिरहने हुँदा कांग्रेसको नेतृत्वमा बन्ने सम्भावित नयाँ गठबन्धनको बहुमत नपुग्ने देखिन्छ ।

सरकार चलाउन बहुमत अर्थात् एक सय ३८ जना सांसद चाहिन्छ । अब जसपा फुटे पनि र एकीकृत समाजवादी पार्टीले छाडे पनि अहिलेको सरकार नै बहुमतमा रहने देखिन्छ । किनकि १२ जना सांसद भएको जसपाका सात जनाले नयाँ दल दर्ताका लागि दिएको निवेदन स्वीकृत गर्दै निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको छ ।

नयाँ दलका सात जनाले अहिलेकै सरकारलाई समर्थन रहेको बताएका छन् । एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २१, जसपा फुटेर बन्ने नयाँ दलका सात जना जोड्दा एक सय ३९ सिट पुग्छ ।

त्यसमाथि उपेन्द्र यादव सरकारबाट बाहिरिनेबित्तिकै चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा आउने सम्भावना छ । तीन सिट रहेको नागरिक उन्मुक्ति पार्टी पनि अहिलेकै सरकारको पक्षमा छ ।

त्यसैले तत्काललाई हेर्दा जसपाको फुटले अहिलेको गठबन्धन सरकारलाई हाइसञ्चो भएको देखिन्छ । यसले वैकल्पिक गठबन्धन र सरकार बनाउन कोशिश गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र उपेन्द्रलाई गाह्रो पर्ने देखिन्छ ।

नेपालले त आफू पनि प्रधानमन्त्री बन्न सक्ने भन्दै प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई सार्वजनिक कार्यक्रमबाटै घुर्क्याइरहेका थिए ।

‘हामी प्रधानमन्त्री बन्छौँ कि भनेर कतिपयलाई पोल्न थालेको छ, उनीहरूलाई पोले पोलोस्, डाहाको आगोले पोलिदेओस् । त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ । परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा हाम्रो ध्यान जानुपर्छ, यो स्वाभाविक हो,’ उनले भनेका थिए ।

तर एकाएक परिस्थिति माधव नेपालको अनुकूल होइन, प्रतिकूलमा जाने लक्षणहरू देखिएका छन् । कांग्रेससँग मिलेर नयाँ गठबन्धनको सरकार बनाउने अनि देउवा मात्र होइन माधव र उपेन्द्रसमेत आलोपालो प्रधानमन्त्री बन्नेगरी भित्रभित्रै खिचडी पाकिरहेको शङ्का थियो ।

त्यही भएर त माधव नेपालले अहिलेको सत्ता गठबन्धनलाई घुर्क्याउनसमेत पछि परेनन् । तर राजनीतिका खेलाडी मानिने प्रचण्ड र ओलीले उल्टै नेपाल र उपेन्द्रलाई जिल्ल बनाउनेगरी जसपाभित्र खेलेर विभाजनसम्म पु¥याईदिए । यसले वर्तमान गठबन्धन टुट्ला कि भन्ने आशंकामा रहेका प्रचण्ड र ओलीलाई तत्काल राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved