Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लिपुलेक सडक विस्तार गर्दा नेपालको बाटो भत्कियो, भारत भन्छ ‘उल्लेखनीय प्रगति’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 12, 2021
228 shares

काठमाडौं । महाकालीपारि भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपाल तर्फको बाटोमा क्षति पुर्‍याएको छ ।

गत मंगलबार व्यास गाउँपालिकाको वडा नं २ मा पर्ने दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने घोडेटो बाटोमा क्षति पुगेको हो । सो बाटोमा पूर्ण क्षति भएपछि सशस्त्र प्रहरीले त्यसको वैकल्पिक बाटो खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मंगलबार भारतीय पक्षले धारचुला–लिपुलेक सडक विस्तार गर्ने क्रममा पहाड काट्नको लागि बम विस्फोट गराएको थियो । विस्फोटपछि पहिरो खस्दा महाकाली नदी थुनिएको थियो । थुनिएपछि नदीले महाकाली किनार हुँदै दुम्लिङ जाने बाटोमा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

‘हामीले भारतीय पक्षलाई पत्र लेखेर यसको जानकारी गृह मन्त्रालयलाई दिइसकेका छौं । पहिरोका कारण नेपाली भूभागमा क्षति भएकोले नेपालमा क्षति हुने गरी गरिएको काम तत्काल रोक्न भनेका छौं,’ प्रमुख जिल्ला अधिकारी जोशीले अनलाइनखबरसँग भने ‘बाटो नबनाउ भन्न मिल्दैन, हाम्रोमा क्षति हुनु भएन यत्ति कुरा हो, यही व्यहोरा लेखेर हामीले पत्र पठाएका छौं ।’ मंगलबार महाकाली थुनिएर बाटोमा क्षति पुगेपछि बुधबार सुरक्षा समितिको बैठक बसेर बिहीबार पत्र पठाइएको जोशीले जानकारी दिए । सोको जानकारी गृह मन्त्रालयमा पनि दिइएको उनले बताए । पत्र धारचुलाका डिस्ट्रीक मजिस्ट्रेट आनन्द स्वरुपको नाममा पठाइएको छ । यद्यपि पत्रको जवाफ शनिबार बिहानसम्म नआएको जोशीले जानकारी दिए ।

नेपालको लिपुलेक, कालापानी लगायतका भूभाग मिचेर भारतले तिब्बसम्म पुग्ने बाटो निर्माण गरेको छ । यसप्रति नेपाल सरकारले औपचारिक रुपमा आपत्ती जनाए पनि भारतले सो सडकखण्डमा काम जारी राखेको छ । गत २०७७ वैशाख अन्तिम साता भारतका रक्षामन्त्री राजनाथ सिंहले राजधानी नयाँदिल्लीबाट सो सडकको शिलान्यास गरेका थिए । शुक्रबार भारतीय रक्षामन्त्री सिंहले सीमा क्षेत्रमा सडक निर्माण गर्दै आएको सुरक्षा निकाय बोर्डर रोड अर्गनाइजेशन (बीआरओ)ले उल्लेखनीय प्रगति गरेको भन्दै कामको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved