काठमाडाैँ। समाजवादी मूलुकमा मात्र यस्तो व्यवस्था हुने गरेको बताउनुभयो । ‘भारतमा उपचार सेवा उपलब्ध गराइने र विशेष अवस्थामा सहुलियत दिने व्यवस्था छ । तर नेपालजस्तो रकम नै दिने व्यवस्था छैन भनेर उहाँले भन्नुभएको थियो’, मन्त्री चौधरीले भन्नभयो, ‘नेपालमा त पेन्सन तथा उपदान जस्तो सामाजिक सुरक्षा भत्ता दिइने व्यवस्था रहेछ भनेर भन्नुभएको थियो ।’
परिवार, समाज, आफन्त र सन्तानबाट अपहेलित, पीडित ज्येष्ठ नागरिकका लागि राज्यले सधैँ अभिभावकत्व ग्रहण गर्ने मन्त्री चौधरीले बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मुलुकको जनसंख्याको ८० प्रतिशत जनसंख्यासँग सम्बन्धित मानव संवेदनशिल मन्त्रालय भएको भन्दै उहाँले त्यस अनुसार बजेट भने न्यून रहेको बताउनुभयो ।
आगामी आर्थिक वर्षमा मन्त्रालयले विशेषगरी ज्येष्ठ नागरिकलाई लक्षित गरेर दिवा मिलन केन्द्र जस्ता कार्यक्रम ल्याउन लागेको भन्दै मन्त्री चौधरीले त्यसलाई सबै वडाहरूमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । ‘यसपालीको बजेटमा हामीले सबै वडामा दिवा मिलन केन्द्र पुर्याउने योजना बनाएका छौँ । ज्येष्ठ नागरिकलाई हामीले बिर्सन हुँदैन’, उहाँले भन्नुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ति केही नयाँ कार्यक्रम ल्याइने बताउँदै ज्येष्ठ नागरिक सम्मानलाई निरन्तरता दिइने बताउनुभयो ।
त्यस अवसरमा कार्यक्रममा विशिष्ट अतिथि शताब्दी पुरुष डा.गौरीशंकरलाल श्रेष्ठले मन्त्री चौधरीलाई सम्मान गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि चौधरीले ज्येष्ठ नागरिकको सेवामा समर्पित अगुवाहरू मदन श्रेष्ठ, अहल्या श्रेष्ठ, भरतलाल श्रेष्ठ, श्यामसुन्दर श्रेष्ठ, रञ्जना श्रेष्ठ, विष्णुप्रसाद नेपाल र फोटो पत्रकार श्याम चित्रकारलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा कोषको वार्षिक क्यालेण्डर समेत विमोचन गरिएको थियो ।
