डिकेन्द्र बस्नेत, झापा । झापाको दमकमा रहेको ज्योति मण्डलीले ५० औं वार्षिक साधारणसभा तथा प्रतिवेदन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। दमक ५ मा रहेको आफ्नै भवनमा भएको कार्यक्रममा झापा, मोरङ, इलाम र काठमाडौंबाट गरि करिब दुई सय पचास जना सहभागिता रहेको थियो । गत वर्ष मंसिर १८ मै मण्डलीले स्वर्ण महोत्सव मनाइसकेको छ।
वार्षिकोत्सबको संचालन ज्योति मण्डलीका सचिव एल्डर गाेपाल हस्दाले गरेको कार्यक्रममा अध्यक्ष पास्टर मुक्ति किराँती थुलुङले प्रतिवेदन र भावियाेजना बारे प्रस्तुत गर्नु भएकाे थियो ।
कार्यक्रममा उपाध्यक्ष तथा पास्टर अजय पाठकले
भजनसंग्रहको पुस्तकबाट धन्यवाद र प्रंशसाको विषयमा प्रस्टयाउनु भएको थियो । परमेस्वरले ५० औं वर्षसम्म उहाँको अनुग्रह र कृपा र आशिषमा राख्नु भयो त्यसकारण हामी परमेस्वरप्रति धन्यवादि हुनुपर्छ आगामी दिनहरूमा अझै स्थिर र अटल रहन पाठकले उत्साह गर्नुभयो।
रेभ एन. डि. थुलुङले सहभागी सबैलाई धन्यबाद दिदै उहाँले विगत दिनहरुमा भोग्नुभएको कस्ट र त्यतिबेलाको परिस्थितिको बारेमा बताउदै उपस्थिति सम्पूर्णलाई उत्साह र हौसला प्रदान गर्नुभयो ।
सभामा छाेरी मण्डली राजघाटका पास्टर लक्ष्मीप्रसाद राई र ज्याेति मण्डली पाडाजुंगीका पास्टर गाेपालमान राईलाई दाेसल्ला ओडाई सम्मान र कदर पत्र प्रदान गरेको थियोे । साथै सेवा भवनकाे लागि जग्गा दान गर्नुहुने झरी राजवंशी पाडाजुंगी र ढुकुरपानीका भुझाई धिमाललाई सम्मान पत्रले सम्मान गरिएको हो।
सो अवसरमा अध्यक्ष मुक्ति किराँती थुलुङले सम्मानित हुनेहरूलाई दोसल्ला ओढाउनु भएको थियोे भने रेभ एन.डि. थुलुङले कदर पत्र, सम्मान पत्र र प्रशंसा पत्र प्रदान गर्नुभएको हो । त्यसैगरी उहाँहरूलाई पास्टर डिबि चाम्लिङले खदा ओढाएर सम्मान गर्नुभयो ।
यस्तै मण्डलीमा सहयोग पुर्याउने डिकनेस द्राेपति राजवंशी , डिकनेस वीर माया राई, टंक राजवंशी लाई सम्मान पत्र, र सुस्मा राईलाई प्रशंसा पत्र दिइएको थियो।
सानो झुण्डबाट सुरुवात भएको ज्योति मण्डली ५० वर्षसम्म आइपुग्दा बारघरे, राजघाट(उर्लाबारी), पाडाजुङगि, ढुकुरपानी र खोटाङ गरि ५ वटा छोरी मण्डली स्थापना गर्न सफल भएको छ। जस्मा पास्टरहरु ६ जना, २ जना एल्डर, डिकनेस ७ जना, डिकन ८ जना र एक जना झुण्ड अगुवा निर्माण गरेको छ।

