हिमांशु राय, मोरङ । मोरङको रतुवामाई नगरपालिका- ६ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री देश भारत अररियाका ३४ बर्षीय फिरोज सिद्दकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसगुर ४ ग्राम २९० मिलिग्राम र नगद ४३ हजार ५०० रुपैँया बरामद गरेसगै पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
