सुर्खेत । यौन दुब्र्यबहारको शिकार बनेकी राउटे युवतीको भिडियो सार्बजनिक गर्ने साइड,युट्युब च्यानल बन्द गर्न सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ ।
यौनजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।
शुक्रबार सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले जारी गर्नु भएको आदेशमा यौन दुर्व्यवहारको भिडियो युट्युबबाट हटाउन संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारबाही गर्न तथा त्यस्ता साईडहरु आवश्यकता अनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई समेत अनुरोध गर्नेबारे लेखी पठाउनू भनिएको छ ।
पीडित युवती असुरक्षित रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गराएको अदालतले जनाएको छ । अदालतले पीडित युवतीको सुरक्षामा ध्यान दिन सुर्खेत प्रहरीलाई आदेश समेत दिएको छ । भने नेपाल पत्रकार महासंघलाई मातहतका पत्रकारहरुलाई सचेत गराउन ध्यानाकर्षण गराएको छ ।
जेठ २३ गते यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि सुर्खेत प्रहरीले आरोपित गुर्भाकोट नगरपालिका–९, बोटेचौर सुर्खेतस्थित होटल सञ्चालक २९ वर्षीय विनोद पुन, सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको छ । अदालतबाट दोषी उपर १० दिनको म्याद थप गरी अनुसन्धान अढी बढाइएको छ भने पिडितहरुको श्वास्थ्य परिक्षण शुक्रबार गराएको जनाएको छ ।
