झापा । झापाको दमक ४ ताराबारी स्थित बेर्शेबा चर्च दमकद्वारा नयाँ वर्षको उपलक्ष्यमा अनाथ बाल बृद्धाआश्रामका बालबालिकाहरुलाई लत्ताकपडा तथा खाद्यान्न वितरण गरेको छ।
सो वितरणमा कार्यक्रम संयोजक पास्टर डिकेन्द्र बस्नेत, बेर्शेबा चर्च दमकका सचिव पवन बस्नेत, पास्टर पञ्चुनारायण चौधरी, सदस्य नबिका बस्नेत लगाएतको उपस्थिति रहेको थियो ।
लत्ताकपडा तथा खाद्यान्न आश्रामकि अध्यक्ष मन्दरा चिमोरिया पौडेललाई कार्यक्रम संयोजक पास्टर डिकेन्द्र बस्नेतद्वारा हस्तान्तरण गरिएको थियो।
कार्यक्रम संयोजक बस्नेतका अनुसार नयाँ वर्ष सबैजसो आफू खाने पिउने र घुम्ने योजना बनाउने गर्छौ । तर हामीले जो आश्राममा बस्ने बालबालिकालाई खुवाउनु र उनिहरुलाई केही सहयोग गर्नु चै असल कार्य हो साथै हामीले येशु ख्रिस्टको प्रेम देखाउन आवश्यक रहेको भन्दै सो कार्य गरेको बताए ।
उक्त कार्यक्रममार्फत आश्रामकि अध्यक्ष पौडेलले भनिन यो संस्था प्रति धन्यवादि छु यसरि हाम्रो बालबालिकालाई लत्ताकपडा तथा खाद्यान्न प्रदान गर्नुभएकोमा यहाँको उपस्थिति र सहयोगको लागि धेरै धन्यवाद र तपाईंहरूको चर्चको लागि शुभकामना व्यक्त गर्दछु।
उक्त बाल आश्रममा करिब २९ जना बालबालिका र ३ जना कर्मचारी लाभान्वित भएका छन।

