झापा । इलाका प्रहरी कार्यालय राजगढले चोरीको मोटरसाईकल सहित झापा । इलाका प्रहरी कार्यालय राजगढले चोरीको मोटरसाईकल सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लावारी नगरपालिका-५ का ३० बर्षिय दिपक मर्डी रहेका छन् ।
गत चैत्र २८ गते झापाको कचनकवल गाँउपालिका-१ घेरावारीबाट स्थानीय ६० बर्षिय नरेन्द्र चोङवाङको प्रदेश ०१-०१-०१३ प ६२८१ नम्बरको सुपर स्पेण्डर मोटरसाईकल चोरी गरेर फरार रहेका मर्डीलाई हिजो दिउँसो झापाको कन्काई नगरपालिका-२ सेल्फी डाँडाबाट प्रहीले पक्राउ गरेको छ ।
चोरीको मोटरसाईकल सहित पक्राउ परेका मर्डीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।
