Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

छुट्काराद्वारा चङ्गाई तथा वृहत जागृति महोत्सव भव्यताका साथ सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 12, 2024
174 shares

 

विवश गौतम, विराटनगर । छुट्काराद्वारा चङ्गाई तथा वृहत जागृति महोत्सव हिजो चैत्र २८ गते बुधबारका दिन झापाको गौरीगञ्ज गाउँपालिकामा भव्यताका साथ सम्पन्न भएको छ । इटहरी इसाई समाजका अध्यक्ष गोविन्द खातिवडाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता धनन्जय राजवंशीले गरेका थिए ।

गौरादह इसाई समाज र गौरीगञ्ज इसाई समाजको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, विशिष्ठ अतिथीहरूमा गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदी, उपमेयर जलवर्षा राजवंशी, निवर्तमान मेयर रोहित शाह, गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर, यसै गाउँपालिकाका निवर्तमान अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख चुडामणी आपागाई, गाउँपालिका प्रशासकीय अधिकृत खेमराज थापा, सीमा सुरक्षा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रमुख राजेन्द्र बस्नेत, इलाका प्रहरी कार्यालय गौरीगञ्जका अरविन्द कुमार शाह, साथै गौरीगञ्ज तथा गौरादहका वडाध्यक्षहरू र बिभिन्न राजनीतिक दलहरूका गाउँ तथा नगर कमिटीका अध्यक्ष तथा पार्टीका प्रतिनिधिहरू, छुट्कारा तथा चङ्गाई समारोहका विशिष्ठ सल्लाहकारहरूमा एसीएफएन पूर्व अध्यक्ष राजकुमार राई, ज्योति मण्डली दमकका वरिष्ठ पाष्टर प्रेरित नरधन थुलुङ्ग, झापा जिल्ला इसाई समाजका अध्यक्ष अमरदिप आले, पाष्टर गोपाल श्रेष्ठ, पाष्टर जयप्रकाश राजवंशी रहेका थिए ।

यस्तै अतिथीहरूमा झापा, मोरङ्ग लगायत विभिन्न जिल्लामा रहेका गाउँ तथा नगर इसाई समाजका प्रतिनिधिहरू भव्य उपस्थिति रहेको थियो भने विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरू, विद्यालयहरूका प्रधानाध्यापक तथा शिक्षकहरू, बिभिन्न क्लव तथा खेलकुद क्लवहरूका अध्यक्ष तथा प्रतिनिधिहरूको समेत विशेष उपस्थिति रहेको थियो ।

छ हजार भन्दा बढी इसाई तथा स्थानीय बासिन्दाहरुको उत्साहजनक सहभागीता रहेको सो कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरू समावेश गरिएको थियो । उत्साहको वचन दमक नगर इसाई समाजका पूर्व अध्यक्ष रेभ. दावा शेर्पाले बोलेका थिए । उनले भने “हामी कुनै प्रतियोगिता हेर्न उपस्थित भएका छैनाँै तर जीवित परमेश्वरले हाम्रो बीचमा गर्न लाग्नुभएको महान् छुट्काराद्वारा चङ्गाई उहाँको आश्चर्यकर्म हेर्न र प्राप्त गर्न आएका छौँ ।” पवित्र बाइबलको खण्ड यूहन्ना ३ः१६ पदलाई उद्धृत गर्दै उनले भने “नाश भइरहेको संसारलाई अनन्त जीवन दिनलाई परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो र उहाँको सबैभन्दा ठूलो मिसन भनेको सबैभन्दा प्रमुख रोग पाप हो, यसैबाट सारा मानवजातिलाई बचाउन उहाँ आउनुभएको हो । पहिलो मानिस आदमले पाप गरेको कारण सबै मानिसहरू पापी भयो । त्यही पापद्वारा नै रोग फैलियो । उहाँको बगेको रगतद्वारा मानिसको पाप क्षमा हुन्छ । पहिलो रोग पापबाट छुट्कारा भयो भने दोस्रो रोग शारीरिक रोग हो । यो पापमय रोगबाट निको हुन क्षमा पायो भने येशूको निम्ति शरीरको रोग केहि पनि होइन । प्रभु येशूलाई तपाईँको एउटै कुरा चाहिएको छ त्यो हो तपाईँको विश्वास, त्यही विश्वासद्वारा नै आत्मिक छुट्कारा अर्थात पापबाट क्षमा पाउनुहुन्छ र शरीरको रोगबाट पनि निको हुनुहुनेछ आज ।”

झापाको गौरीगञ्ज माध्यमिक विद्यालयका प्राङ्गणका भएको उक्त सहारोहमा स्थानिय आयोजक इसाई समाजका युवाहरू साथै कालेबुङ्गका संगीत समूहले आराधनाका गीतहरूमा नेत्तृत्व गरेका थिए ।

वि.सं. २०४२–४४ सम्म आफू उक्त विद्यालयमा पढेको कुरा खुलासा गर्दै जीवित परमेश्वरको वचन मर्कूस २ः१–१२ को घटनालाई प्रष्ट पार्दै प्रमुख वक्ता पाष्टर जीवन अधिकारी (गाब्रिएल) ले भने “जबसम्म मानिसको पाप क्षमा हुँदैन तबसम्म शरीरको रोग निको हुँदैन । सबैभन्दा डरलाग्दो रोग भनेको नै पाप हो। यसैकारण येशूले त्यो पक्षघातीलाई ‘तिम्रो पाप क्षमा भए’ भन्नुभयो । आजको दिन तपाईँ र मेरो पहिला पाप क्षमा हुन आवश्यक छ अनि मात्र हाम्रो रोग पनि निको हुन्छ । आज यो महान् छुट्काराद्वारा चङ्गाई तपाईँको जीवनमा आउनेवाला छ । यसको निम्ति पहिला तपाईँहरूले उहाँमा विश्वास गर्न आवश्यक छ र त्यही विश्वासले तपाईँहरूमा चङ्गाई आउनेछ ।”

प्रार्थनाका योद्धाहरूले रोगी बिरामीहरूका निम्ति निरन्तर प्रार्थना गरिरहेका थिए । उता प्रमुख वक्ता पाष्टर अधिकारीले प्रचार गरिहेका थिए सोही समयमा परमेश्वरको उपस्थितिमा धेरै मानिसहरूले चङ्गाई पाए । जन्मै कान नसुन्ने धेरैले सुन्ने भए, बैसाखी टेक्नेहरूले फ्याँकेर गए, सयौँ मानिसहरू रोग बिमारबाट छुट्कारा पाएर घर फार्के । लगभग एक हजार मानिसहरूले येशूमा विश्वास गरे ।

गीतकार तथा सङ्गीतकार समेत रहेका वक्ता अधिकारीले विद्यालय नौ कक्षाकोठाको निम्ति अठाह्र थान पंखा प्रदान गरेका थिए । इसाई जगतका चर्चित गायक सन्तोष तिर्वाले गाएको ‘प्रभु छोडेर कोही असल छैन’ भन्ने बोलको गीत वक्ता जीवन अधिकारी (गाब्रिएल) हुन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved