Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङ सेवा समाज बेलायतद्वारा आयाेजित स्वास्थ शिविर सम्पन्न, छ हजार बढिले लिए सुविधा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 6, 2024
0
खाेटाङ।  खोटाङ सेवा समाज बेलायत (युके)द्वारा ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नारा सहित योजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ६ हजार बढीलाई सेवा प्रवाह गर्दे शुक्तबार सम्पन्न गरेको जनाएको छ ।

जिल्लाका विभिन्न ११ ठाउँमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा  ६ हजार ६३८ जना स्थानीय बासिन्दा लाभान्वित भएको आयोजकले जनाएको छ ।

खोटाङ घर भइ बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुको संस्था ‘खोटाङ सेवा समाज बेलायत’ले यही चैत–१६ गतेदेखि २३ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई÷दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।

साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पतालमा आयोजित शिविरमा ५११ जना, खोटेहाङ गाउँपालिकाको खोटाङबजार स्वास्थ्य चौकीमा आयोजित शिविरमा ७०३ जना, जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा आयोजित शिविरमा ४८३ जना, रावाबेँसी गाउँपालिकाको हरमटारमा आयोजित शिविरमा ५६० जना र ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजारमा आयोजित शिविरमा ६५८ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको आयोजक खोटाङ सेवा समाज बेलायतका महासचिव राजेन रामजङ राईले जानकारी दिनुभएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिममा आयोजना गरिएको शिविरमा ५३१ जना, बराहपोखरी गाउँपालिकाको धर्तुङमा आयोजना गरिएको शिविरमा ३७४ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ओख्रेडाँडागाउँमा आयोजित शिविरमा ७९१ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा आयोजित शिविरमा ५०१ जनाले सेवा लिएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै वडा नं. १४ बुइपामा आयोजित शिविरमा ८४० जना र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा आयोजित शिविरमा ६८६ जनाले सेवा लिएका थिए ।

शिविरमा गाइनोलोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजी लगायत रोगको निःशुल्क उपचार र औषधि वितरण गरिएको आयोजक खोटाङ सेवा समाज बेलायतका अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिनुभएको छ ।

शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित १३० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । जिल्लाका ११ ठाउँमा आयोजना गरिएको शिविरमा करिब रु तीन करोड दश लाख बराबरको रकम खर्च भएको अध्यक्ष डा. प्रमोद कोयी राईको भनाई रहेको छ ।

श्वास्थ्यकै क्षेत्रमा यस भन्दा अगाडी पनि जिल्लाका विभिन्न ठाउँमा स्थायी घर भइ बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुबाट चन्दा सङ्कलन गरेर खोटाङ सेवा समाज बेलायतले वि.सं. २०७३ चैत्र–२६ गते खोटाङलाई सातवटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved