Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मादकपदार्थकाे नशामा शैक्षिक सुदृढीकरणकाे रन्काे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 4, 2024
54 shares

ललितपुर। नेपाल राष्ट्रिय शिक्षक संठन ललितपुरले ललितपुरकाे महालक्ष्मी ९ स्थित देउरालि रिसाेर्टमा गत १० – ११ गत्ते साङ्गठानिक सुदृढीकरण तथा शैक्षिक सुधार अभिमुखिकरण कार्यशाला सम्पन्न भएकाे छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर जिल्लाका अध्यक्ष देविप्रसाद दुलालकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा राष्ट्रिय अध्यक्ष बिष्णु प्रसाद भण्डारी प्रमुख अतिथिका रुपमा थिए भने पूर्व अध्यक्ष तथा नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार बाबुराम थापा रहेका थिए।

अचम्म त के थियाे भने नेकपा एमाले सम्वद्ध शिक्षकहरुकाे जिल्लास्तरीय तथा विभिन्न ब्यक्तिहरुकाे आतिथ्यमा सम्पन्न भएकाे शैक्षिक सुदृढीकरण कार्यक्रममा रक्सिका बाेतलहरुले समेत सुदृढीकरणका मज्जा लिईरहेकाे भिडियाेसहितको सूचना कार्यक्रममा सहभागी शिक्षकहरूकै पाेष्टबाट प्राप्त भएको छ ।

देशको भविष्य उत्पादन गरिने शैक्षिक केन्द्रका प्रमुख शिक्षकहरूले बिद्यार्थीहरुलाई असल शिक्षा दिने शिक्षकहरु नै जाँड, रक्सी र मादकपदार्थ खाएर मायापीरतिका गीतमा डुब्नु भ्रष्ट र अापराधिक राजनीतिकाे परिणाम हाे । यसरी शैक्षिक सुदृढीकरण कार्यक्रम र सरकारि बिद्यालयमा शिक्षाकाे गुणस्तर कसरी सुधारिन्छ ? भन्ने गम्भीर प्रस्न सिर्जना भएको छ । शिक्षक पदीय मर्यादा वीपरित खुलमखुला राजनीतिक दलका झाेला बाेकेर शिक्षक पेशा सम्हालेका गैरजिम्मेवार, अनैतिक लठ्ठकहरुलाई छाेला त ? यिनीहरूबाट इमानदार, नैतिकवान र अनुशासित विद्यार्थी कसरी उत्पादन हुन्छ ?

गाेप्य स्राेकाअनुसार लाखाैँ खर्चेर आयाेजित जिल्लाभरका शिक्षकहरुमा क्षमता वृद्धि र शिक्षामा सुदृढीकरणकाे लागि भनिए तापनि मादक पदार्थ सेवन गरेर आपसमा शिक्षक शिक्षिका बिच राेमान्स बाहेक नयाँ केही सुदृढी नभएकाे बुझिएकाे छ । याे केवल मनाेरञ्जन, घुमघाम र पिकनिकभन्दा फरक देखिँदैन ।

गरिब, विपन्न, बेसहारा अभिभावकका छाेराछाेरीहरूलाई पढाइने सरकारी विद्यालयका यस्ता शिक्षकहरूलाई कडा कारबाही हुनुपर्ने नाम उल्लेख नगर्ने सर्तमा केही अभिभावकहरू बताएका छन् । बिद्यार्थीहरूलाई नैतिकवान बनाउने शिक्षकहरु नै पार्टीको झण्डामुनि बसेर खुलेआम यस्ता हर्कत गरिरहँदा देशकाे शिक्षण संस्थाहरुका गुणस्तरमा ह्रास आएकाे र साे क्रम झनै नाजुक बन्दै गएकाेले साे पेशामा रहन लाजमर्दाे भएकाे प्राप्त स्राेतमा स्पष्ट देख्न सकिन्छ।

भविष्यका कर्णाधारका आधार शिक्षक नै अनैतिक कर्ममा रहनु देशकाे भ्रष्ट राजनीतिकै उपज हाे । साँझकाे रक्सी पार्टीमा बियरका बाेतल र बियर भरिएका कप स्पष्ट देख्न सकिन्छ । नाचगानका गीत उस्तै माया पिरति, उच्छृंखल खालकाे रहेकाे प्राप्त भिडियो क्लिफबाट बुझिन्छ । यस तथ्यबाट कतिपय शिक्षक, शिक्षिकाहरू अनैतिक काम, कर्ममा फसेको स्पष्ट हुन्छ । जनताको करमा सरकारी राम्रो तलबभत्ता बुझेर खुलेआम राजनीतिक पार्टीको झाेला बाेक्नु र राजनीति गर्नु पदीय मर्यादा, आचरण र शिक्षक आचारसंहिता वीपरित कार्य हाे । याे शिक्षक संगठनमा विद्यार्थी, विद्यालय,अभिभावककाे भविष्यका बारेमा कुनै चासाे र चिन्ता रहेको देखिँदैन ।

शिक्षक पदमा रहिन्जेल बरू माेजमस्ति, अनैतिक क्रियाकलापमा संलग्न भएर राजनीति गर्दै निवृत्त हुनासाथ पदप्रतिष्ठा, पद प्राप्ति, साँसद, मन्त्री पड्काउने मुख्य उदेश्य बाेकेका अनैतिक जमातहरूले दिने शिक्षाले देश, समाज र विद्यार्थीकाे भविष्य के हाेला ? सहजै अनुमान गर्न सकिन्छ ! यस्तो हर्कत गर्ने सम्पूर्ण शिक्षक संगठन र जिल्ला ललितपुरकाे नेतृत्वलाई निलम्बन, कारबाही र जिम्मेवारीबाट तत्कालै मुक्त गरिनुपर्छ । यस्ता गैरजिम्मेवारी क्रियाकलाप गर्ने जाे, कसैलाई तत्कालै कडा कारबाहीको लागि सम्बन्धित निकायकाे ध्यान जानुपर्छ ।

(खुलेआम मादक पदार्थ खाँदै गरेको दृष्यकाे भिडियो लिंक खाेलेर हेर्नुस्)https://www.facebook.com/share/v/L91oTPg1i3TeJDhB/?mibextid=oFDknk

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved