बारा । बारा जिल्लाकाे काेल्हवी नगरपालिका वडा नम्बर ५ स्थित साथिकाे घरमा बसिरहेका बखत रातकाे ९ बजे सुराकिकाे आधारमा धर्म प्रचारकाे झुठाे आराेपमा पक्राउ परेका ४ जना धराैटिमा आज रिहा भएकाछन्।
गत फागुन २९ गत्ते धर्म प्रचारकाे झुठाे आराेपमा साथिकाे घरमा बसिरहेका अवस्थामा रातकाे ९ बजे उनिहरु सहित सात बिदेशी पक्राउ गरिएकाे थियाे।
पक्राउ पर्नेमा चार जना नेपाली र सात जना अस्ट्रेलियन नागरिक थिए। ती सात बिदेशी नागरिकहरु भने राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालकाे पहलमा यस अघिनै छुटेका थिए भने उनिहरुलाई तत्कालै स्वदेश फर्काइएकाे महासंघका उपमहासचिव तथा पत्रकार दिपेश श्रेष्ठले बताएका छन्।
आफ्ना धार्मिक समुदायका मानिहरुलाई प्रशासनले संबिधानमा उल्लेख गरेकाे अधिकार बिपरित दुख दिएकाे भन्दै तत्काल रिहा गर्न राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले काठमाडाैमा पत्रकार सम्मेलन समेत गरेकाे थियाे।
उक्त रिहाइका लागि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका केन्द्रीय पदाधिकारी सहित प्रदेश नम्बर दुईका प्रमुख प्रदिप मरबाेइता, कानुनविदहरु समेत काठमाडौंबाट गएका थिए।
पछिल्लाे समय देसकाे बिभिन्न भागहरुमा अल्पसंख्यक ख्रीष्टियन धार्मिक ब्यक्तिहरुमाथि केही अराजक र अन्तर धार्मिक समुदायहरुबिच द्वन्द शिर्जना गरेर आफ्नाे फाईदा लिन चाहने ब्यक्ति र तिनका समुहहरुले धर्म गुरुहरुमाथि अभद्र व्यवहार गर्ने तथा तुच्छ बाेलि सहित कालाे माेसाे दल्ने, चर्च भवनहरुमाथि ताेडफाेड समेत गरिरहेकाे छ ।
