झापाको बिर्तामोड नगरपालिका-३ स्थितमा अटोटेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हिजो साँझ बिर्तामोड-गरामनी सडक खण्डमा प्रदेश १-०१-००२ ह ६२१ नम्बरको अटोटेम्पो आफै अनियन्त्रित भई दुर्घटना हुदाँ टेम्पोमा सवार रहेका ताप्लेजुङ पाथिभरा याङ्बरक गाँउपालिका २ की ३१ बर्षीय सामना लिम्बु र बिर्तामोड नगरपालिका-९ का ३६ बर्षीय भिम बहादुर तामाङ घाईते भई उपचारको लागि वि. एण्ड सि. अस्पताल बिर्तामोड लगिएको थियो ।
उनलाई डाक्टरले चेकजाँचको क्रममा भिम बहादुर तामाङलाई मृत घोषणा गरेको हो ।
घटनामा संलग्न टेम्पो चालक बिर्तामोड ९ का अरुण तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ।
