डिकेन्द्र बस्नेत, झापा। दमक नगर ईसाई समाजको आयोजना तथा नेक्सट एरा इनर्जी प्रालिको सहकार्यमा बृहत नगर सरसफाई सम्पन्न भएको छ ।
प्रभु येशु ख्रिस्ट मृत्युबाट बौरी उठ्नुभएको महान अवसर पारेर प्रत्येक वर्ष झेैं यस वर्ष पनि नगर सरसफाई कार्यक्रम २०८० को आयोजना गरेको हो ।
ईसाई समाजसँग जोडिएका करिब ३२ वटा मण्डली तथा ३ वटा संस्थाका सदस्यहरु साथै बेलडाँगी ईसाई समाजको सहभागीतामा दमक पशुहाटमा रहेको बस स्टेण्ट देखि गणतन्त्र चौक सम्म सरसफाइ गरेको छ।
वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर थापा, सञ्चारकर्मी, समाजसेवीहरुको पनि उत्साहजनक सहभागी रहेको थियो।
दमक ईसाई समाजका अध्यक्ष आकाश थुलुङका अनुसार ‘ जति शरीरको बाहिर सरसफाई आवश्यक छ त्यति नै भित्री आत्मा, मन र विचारको पनि सफाई हुन जरुरी हुन्छ । भित्री सरसफाइ येशु ख्रीष्टको बलिदान र रगतले सम्भव छ । त्यहि कारण येशु ख्रीष्टले यो सबै प्रकृया पुरा गरि मृत्युबाट बौरी उठ्नुभएको ’ बताउनु भयो ।
समाजका वरिष्ठ सल्लाहकार रेभ. राजकुमार राईले भने ‘ हामी बसेको ठाउँ स्वच्छ, सफा हुनुपर्छ भन्ने जनचेतना कार्यक्रम गरेको हो, यस कार्यलाई दमक बासिन्दालृ निरन्तरता दिउ र फोहोरलाई ठिक ठाउमा व्यवस्थापन गर्नु भन्ने नै रहेको बताएका छन । पुनरुत्थान र जीवन म नै हु भनि येशुले दाबी गर्नुभएको छ जुन इतिहासमै उल्लेख रहेको छ। सोही अवसरमा हामीले यस कार्यक्रम आयोजना गरेको हो । ’
कार्यक्रमको सञ्चालन समाजका सचिव पाष्टर अजय पाठकले गरेका थिए भने अन्तिम प्रार्थना अध्यक्ष थुलुङले गरि कार्यक्रम समापन भएको थियोे ।


