काठमाडौं । कोरोना भाइरस कोभिड १९ को महामारी नियन्त्रण गर्नको लागि लामो समय देखी निषेधाज्ञामा रहेको उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्बिने सम्भावना रहेको जानकारी प्राप्त भएको छ ।
कोरोनाको कारण मृत्युको दर घटेपनि संक्रमणको दर उल्लेखनिय हिषाबले नघटेको कारण हालको परिस्थितिमा निषेधाज्ञा लम्ब्याउनुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनु भएको छ ।
पछिल्लो पटक जेठ २१ पछी केही खुकुलो गरी निषेधाज्ञा गरिएकोमा अझ केही खुकुलो भने हुनसक्ने गरी निषेधाज्ञाको सम्भावना रहेको पराजुलीको भनाई रहेको छ । निषेधाज्ञामा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने छ।
बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ।
उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी गरिएको थियो। यो तीन दिनपछि सकिँदैछ। त्यसको पूर्वसन्ध्यामा छलफलहरू भइरहेको पराजुलीले बताउनु भएको छ ।
