डिकेन्द्र बस्नेत, झापा । कमल गाउँपालिका ईसाई समाजले इस्टर डे ख्रीष्ट पुनरुत्थानको महान उत्सव शान्तिपूर्ण र्याली साथै शुभकामना आदानप्रदान कार्यक्रम आईतबार सम्पन्न गरेको छ।
र्याली समाजका अध्यक्ष रेभ. पास्टर जोन मुर्मुको प्रार्थनाद्वारा केर्खा बजारदेखि पाडाजङ्गी, मंगलबारे, गेउरिया, दही चोक,जीवन चोक, छलफल चोक, समयगढ, बाँसबारी, सुनहरा हुँदै तोपगाछी, क्याम्पा बजारमा गएर कोणसभा गरिएको थियो।
सो र्यालीमा शिवसताक्षी गाउँपालिकाबाट पनि सहभागी जनाउनु भएको थियो। करिब ३५० जनाको सहभागी विभिन्न प्ले कार्डका साथ करिब ५५ सिटी, अटो रिक्सा, जिप र २० वटा मोटर साइकल सवार रहेको थियो।
उक्त र्याली तथा शुभकामना आदानप्रदान कार्यक्रममा कोण सभा गर्दै इस्टर महान उत्सवको औचित्य प्रकाश पार्दै सुसमाचार प्रचार गरिएको छ।
केर्खा बजारमा पास्टर विक्रम सेनेहङ लिम्बू, पाडाजङ्गीमा रेभ. भिक्टोर सुनुवारले इस्टर डे बारे सन्देश दिनु भएको थियो । त्यसतै तोपगाछी क्याम्पा बजारमा स्थानीय व्यक्तित्व पास्टर वीर बहादुर तामाङ्गले इस्टर डे येशू ख्रीष्ट मृत्युबाट पुनरुत्थान हुनुभएको दिन, यो महान् उत्सवको दिन साथै विश्व जगतमा यो ऐतिहासिक दिन रहेको यसलाई हर्षउल्लासको मनाउनु पर्ने बताउनुभयो ।

