काठमाडौं । उपत्यकाकाे काठमाडौं ,भक्तपुर र ललितपुरकाे विभिन्न चर्चहरु सम्मिलित भ्याली ईस्टर महोत्सव आयोजनामा आयाेजित ईस्टर महोत्सव २०८० भव्य रुपमा सम्पन्न भएको छ ।
संसारका मानव जातिका उद्धारकर्ता,मुक्तिदाता तथा परमेश्वरका पुत्र प्रभु येशू ख्रीष्टको पुनरुत्थानको अवसरमा हरके वर्ष आयोजना गरिने ईस्टर महोत्सव यो वर्ष काठमाण्डौँको भृकुटीमण्डपमा भव्य रुपमा ५० हजार हरारहारिकाे उपस्थितिमा सम्पन्न भएको हो ।
उपत्यकाकाे ३ वटा जिल्लामा सञ्चालित चर्चहरुबाट विहान ८:३० बजे देखि नै हजारौँको भीड विभिन्न र्यालिसहित उक्त महोत्सवमा सहभागी भएको थियो । आयोजित महोत्वसमा आराधना, उत्साहकाे बचन, र परमेश्वरको बचन पवित्र धर्मशास्त्र बाइबलबाट पाठ गरिएको थियो ।
ईस्टर महोत्सवमा काठमाण्डौँ,भक्तपुर र ललितपुरका इस्टर महोत्सव संयोजकहरुले ईस्टर महोत्सवको शुभकामना मन्तव्य राख्नुभएको थियो । भने उक्त कार्यक्रम स्थलमा भएकाे फाेहाेरहरु सरसफाइकाे जिम्मा भने किर्तिपुरका पास्टर कृष्णभक्त महर्जनकाे नेतृत्वमा सुन्दर किर्तिपुर सरसफाइ अभियायनले लिएकाे थियाे। त्यसैगरी महोत्वमा परमेश्वरको आराधना र बचन सकिएपछि विभिन्न संस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम समेत गरिएको थियो ।
