चेैत १८, विराटनगर
ईसाई समाज विराटनगरले आज बिहान ७ बजे इस्टर र्याली सम्पन्न गरेको छ। विराटनगरको जनपथटोलमा भेला भई शुरु भएको ईष्टर र्यालीले जलजला मोड दुर्गाचोक बर्रगाछी हुँदै नगर परिक्रमा गरेको थियो।
ईसाई धर्मावलम्बीहरूको साझा संस्था ईसाई समाज विराटनगरको आव्हानमा येशू ख्रीष्टको पुनरुत्थान भएको अवसर पारी शान्ति र प्रेमको सन्देश बाँड्ने उद्देश्यले र्याली आयोजना गरिएको थियो। सहभागी सबैले हातमा प्लेकार्ड बोक्दै परिक्रमा गरेका थिए।
ख्रीष्ट येशूको पुनरुत्थानले सबै मानिसमा प्रेम, शान्ति ,आशा र जीवनको सन्देश बांडेको विराटनगर नारी इसाई समाज की अध्यक्ष जमुना खड्काले बताएकी छिन्।
ख्रीष्टको पुनरुत्थान सबैको निम्ति खुसीको कारण रहेको र र यस र्यालीले प्रेमको सन्देश बाडेको इसाई समाजका वरिष्ठ सल्लाहकार डा. शेमलाल हेम्व्रमले बताए ।
ईसाई समुदायको ३३ भन्दा वढी चर्च र संघसंस्थाहरुको सहभागिताम आयोजित र्यालीले धार्मिक सहिष्णुता र आपसी भाईचाराको सन्देश दिएको ईसाई समाज विराटनगरका अध्यक्ष पाष्टर सुरज मल्लले बताए।
र्याली पुन विराटनगरस्थित विआईसी चर्चमा पुगेर संयुक्त प्रार्थना संगति पछि समापन भएको थियो।

