डिकेन्द्र बस्नेत । ईसाई समाज विराटनगरको आयोजनामा येशू ख्रीष्टको वौरी उठाई पुनरुत्थानको सम्झनामा भोलि चैत्र १८ गते ईष्टरको दिनमा “ईस्टर शान्ति र्याली तथा संयुक्त संगति” को आयोजना गरेको छ।
ईसाई समाज विराटनगरमा आवध्द ३८ भन्दा वढी चर्च र संघ- संस्थाहरुको सहभागितमा रहने उक्त ईष्टर र्याली विहान ७ वजे शुरु भै विराटनगर परिक्रमा गर्ने कार्यक्रम रहेको विराटनगर ईसाई समाजका अध्यक्ष पास्टर सुरज मल्लले बताउनु भयो ।
विराटनगर ६ मा रहेको समाजको कार्यलयमा आज बसेको बैठकले र्याली जनपथटोलबाट शुरु भै ट्राफिकचोक मेनरोड, वरगाछि भएर धरान रोड हुंदै पुन जनपथटोल सम्म परिक्रमा गर्ने निर्णय गरेको हो भने र्याली पछि विआईसी चर्चमा संयुक्त संगति हुने निर्णय गरेको छ।
सयौंको संख्यामा मोटरसाईकल, स्कुटर, कार ,जीप तथा सिटि सफारी र अटोमा ईसाई समुदाय शान्तिको कामना गर्दै ईष्टरको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेको समाजले जानकारी दिएको छ।
