काठमाडौं। त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाकाे मृत्यु भएकाे छ। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी शनिबार बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हाे।
मृत्यु हुनेमा ३ महिला र २ पुरुष छन्। उनीहरूको परिचय खुलेकाे छैन। सवार सबै गाेरखाका भएकाे प्रहरीले जनाएकाे छ। पशुपतिमा ठुलाेबुबाकाे दाहासंकार गरेर गाेरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट ट्याक्सी त्रिशुलीमा खस्न पुगेकाे हो । . ट्याक्सी ज्वाइले चलाएकाे थिए । मृत्यु हुनेमा चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय र नौ वर्षीय बालक आगमन नगरकोटी छन् । अठार वर्षीय दिवस रोकाय बेपत्ता छन् ।
