डिकेन्द्र बस्नेत, झापा । येशु ख्रिस्टको पुनरुत्थानको अवसरमा दमक नगर ईसाई समाजको आयोजना तथा नेक्सट एरा इनर्जी प्रालिको सहकार्यमा बृहत नगर सरसफाई गर्ने भएको छ ।
“ हाम्रो दमक राम्रो दमक ! हरित नगर सुन्दर नगर !! ” भन्ने नारालाई आत्मसात गर्दै प्रत्येक वर्ष झेैं यस वर्ष पनि नगर सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।
येशु ख्रिस्ट शुक्रबार मारिनु भयो, उहाँलाई दुई पहरादारको साथ एक चिहानमा राखियो र तेस्रो दिन मृत्युमाथि विजयी भई उहाँ पुनःरुत्थान हुनुभएको ईसाई धर्मालम्बिहरुले विस्वास गर्दै आएका छन।
सो अवसरमा सोमबार दमकको पशुहाटमा रहेको बस स्टेण्टमा बृहत सरसफाइ अभियान गरिने दमक ईसाई समाजका अध्यक्ष पास्टर आकाश थुलुङले बताउनुभयो ।
सरसफाइ अभियानमा सम्पूर्ण नगरबासी एकजुट भई व्यापक रुपमा सहभागी बन्न आयोजक समाजले अनुरोध समेत गरेको छ।
