डिकेन्द्र बस्नेत, झापा । झापा जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो बेलुका झापाको कनकाई नगरपालिका ५ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनी बाट खटिएको प्रहरी टोलीले शिवसताक्षी १० का २८ बर्षीय अजय बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ स्थितबाट कन्काई- ४ का २३ बर्षीय सलिम आलम र २७ बर्षीय मुस्ताक अन्सारीलाई ९ सय ७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
सोहि दिन लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका ६ मेचीपुलबाट २ ग्राम ब्राउनसुगर सहित भारत ठाकुरगंज गलगलियाका ३२ बर्षीय मोहम्मद मुन्नालाई पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको प्रहरीले थप अनुसन्धान गरी रहेको जनाएको छ ।
