Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओलीका लागि जे पनि गर्न तयार महेश बस्नेत को नाम बालुवाटारमा कसले काट्यो ? यस्तो रहेछ रहस्य

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 11, 2021
2.8K

काठमाडौं जेठ २८ प्रधानमन्त्री केपी शर्मा ओलीले १८ औं पटक मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका बेला बुधबार राति ओलीकै निकट एक नेता फुत्त बालुवाटार छिरे । प्रधानमन्त्री ओली र ती नेतावीच महेश बस्नेतका विषयमा छलफल भयो ।

पूर्वमन्त्री बस्नेत दोस्रोपटक मन्त्रीका रुपमा सिंहदरवार इन्ट्री गर्ने तयारीमा थिए । उनले महत्वपूर्ण मन्त्रालय गृह वा सञ्चारको दाबी गरेका थिए । उनले विभिन्न सञ्चार माध्यममा अन्तरवार्ता दिँदै केपी ओलीलाई कृष्ण र आफूलाई अर्जुनका रुपमा तुलना गरेका थिए । विभिन्न सञ्चार माध्यममा महेश बस्नेत मन्त्री बन्न लागेका समाचारहरु बाक्लै आइरहेका थिए ।

तर, विहीबार मन्त्रिपरिषद विस्तार हुँदा महेश बस्नेतलाई प्रधानमन्त्री ओलीले निराश बनाइदिए । बस्नेतलाई प्रधानमन्त्री ओलीले राज्यमन्त्रीसम्म पनि बनाएन् । मन्त्री हुनेहरुको अन्तिम नाम बुधबार राति नै बालुवाटारमा तयार भएको थियो, जहाँ बस्नेतको नाम काटियो । गृह नभएपनि सञ्चार मन्त्रालयसम्म आफूले पाउनेमा बस्नेत आफू पनि ढुक्क थिए । तर, बस्नेत गृह र सञ्चार त परै जावस्, २५ सदस्यीय मन्त्रिपरिषदमै कतै अटाएनन् ।

आफूलाई राजनीतिको चतुर खेलाडी ठान्ने बस्नेतले अन्तिम घडीमा आएर आफूलाई कसले मन्त्री बन्नबाट रोक्यो भनेर नबुझ्ने कुरै भएन । आफ्नो समूहभित्रकै कमरेडले खुट्टा तानेर आफूलाई मन्त्री बन्नबाट रोकेको बस्नेतको गुनासो बाहिर आइसकेको छ ।

आफूलाई राजनीतिको चतुर खेलाडी ठान्ने बस्नेतले अन्तिम घडीमा आएर आफूलाई कसले मन्त्री बन्नबाट रोक्यो भनेर नबुझ्ने कुरै भएन । आफ्नो समूहभित्रकै कमरेडले खुट्टा तानेर आफूलाई मन्त्री बन्नबाट रोकेको बस्नेतको गुनासो बाहिर आइसकेको छ ।

युवा संघमा असन्तुष्टि

आफूलाई दिलोज्यानले सहयोग गर्दै आएका युवा नेता बस्नेतलाई ओलीले मन्त्री नबनाएपछि युवा संघका नेताहरु असन्तुष्ट बनेका छन् । मन्त्रिपरिषदमा बस्नेत नपरेपछि विहीबार ओलीनिकट युवासंघका केही नेताहरु गुनासो बोकेर बालुवाटार पुगेका थिए ।

‘अप्ठेरोमा सहयोग गर्ने बस्नेतजीलाई क्याबिनेटमा नपारेपछि गुनासो गर्नु स्वाभाविक हो’, युवा संघका एक नेताले भने, ‘अहिले प्रधानमन्त्रीलाई महेश बस्नेतभन्दा नैनकला प्यारोजस्तै भयो ।’

महेश बस्नेत मन्त्री नबन्नुका ४ कारण

बालुवाटारनिकटस्थ स्रोतका अनुसार बस्नेतलाई मन्त्री नबनाइनुका पछाडिका केही कारणहरु छन् ।

पहिलो कारण– बस्नेत मन्त्री बन्न लागेको चर्चा मिडियामा व्यापक बनेको थियो । बस्नेत आफैं टीभीमा अन्तरवार्ता दिँदै हिँडेका थिए । ‘आफ्नो नियुक्ति हुनुपूर्व मिडियामा यसरी चर्चा भयो भने प्रधानमन्त्री ओलीलाई रीस उठ्छ,’ स्रोतले रातोपाटीसँग भन्यो, ‘बस्नेतले आफैं मन्त्री बन्नका लागि प्रचार गर्दै हिँडेको प्रधानमन्त्रीज्यूलाई लाग्यो र उहाँले नाम काटिदिनुभयो । मिडियामा हल्ला–खल्ला नगरी बसेको भए कुनै न कुनै एउटा मन्त्रालयको जिम्मेवारी आउन सक्थ्यो ।’

दोस्रो कारण– अघिल्लो मन्त्रिपरिषद गठनका बेला प्रधानमन्त्रीले राखेको प्रस्ताव राष्ट्रपतिले अस्वीकार गरेको भन्ने ढंगको समाचार कतिपय मिडियामा आयो । त्यस्तो समाचार लेख्ने मिडिया बस्नेतकै नजिकको रहेको भन्दै प्रधानमन्त्रीलाई निकटस्थहरुले सुनाएपछि प्रधानमन्त्री बस्नेतसँग रुष्ट बने ।

तेस्रो कारण– पछिल्लो समय बस्नेत केही विवादहरुमा रुमलिएका थिए । जस्तो– जसपाका सांसद सुरेश यादवलाई सर्वेन्द्र खनालसँग मिलेर ‘अपहरण’ को प्रयास गरेको आरोप उनीमाथि छँदै थियो, वैशाख २७ मा ओलीले विश्वासको मत लिँदै गर्दा जसपा नेताहरुलाई भक्तपुरको एउटा रिसोर्टमा राखेर उनले फोटो सेसन गराएका थिए । त्यस्तै, गण्डकीमा दीपक मनाङ्गेसँग मिलेको आरोप पनि उनीमाथि लागेको थियो ।

यस्ता प्रकरणहरुका कारण विशेष गरी प्रहरी प्रशासन महेश बस्नेतप्रति सकारात्मक थिएन । बालुवाटार स्रोत भन्छ, ‘गृहमन्त्रीमा को आउँछ भन्ने प्रहरीलाई चासो हुन्छ र प्रधानमन्त्रीमाथि उनीहरुको पनि दबाब रहन्छ ।’

चौथो कारण– अहिले कामचलाउ सरकारमा लगिएका नेताहरुलाई प्रधानमन्त्री ओलीले आगामी चुनावमा टिकट दिने सम्भावना कम छ । महेश बस्नेत आगामी चुनावमा भक्तपुरबाट टिकट पाउने र चुनावी अभियानमा देशैभरि खट्न सक्ने नेता हुन् । यस कारणले पनि उनलाई मन्त्री नबनाइएको बालुवाटार स्रोतको तर्क छ । जस्तो– माधव नेपाल समूहबाट मन्त्री बनेका गणेश पहाडीले आगामी चुनावमा सिन्धुलीबाट टिकट पाउने सम्भावना छैन, त्यसैले उनलाई मन्त्री बनाइएको बालुवाटार स्रोत बताउँछ ।

तर, जुनसुकै कारणले बस्नेतलाई मन्त्री नबनाइए पनि उनको साटो बादलपत्नीलाई रोजिएकोमा केपी ओलीप्रति उनकै समूहभित्र युवाहरूमा असन्तुष्टि बढेको छ ।- रातो पाटी बाट साभार गरिएको हो

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved