ललितपुर । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुई जनाको हत्या भएको छ । हिजाे राति नौ बजे दुई समूहबीच आपसमा झडप हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिएका छन् ।
” हिजाे राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो तर,खब, पाउनासाथ घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिइनुका साथै सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण भने खुल्न सकेको छैन,” प्रहरी उपरीक्षक सुवेदीले बताए ।
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए । उनीहरूको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।