Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पुनरुत्थान भन्दा एक हप्ता अगाडी आउने सन्डे नै पाम सन्डे हो : रुबेन शाक्य

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 24, 2024
15 shares

पुनरुत्थान भन्दा एक हप्ता अगाडीको आउने सन्डेको दिन पाम सन्डे हो, येशू येरुशलेममा बडो उत्सवसाथ (विजय-प्रवेश) प्रवेश हुनुभयो, पुनरुत्थान भन्दा एक हप्ता अगाडीको दिन (मात्ति २१:१-११)। उहाँ हराएकाहरुलाई खोज्न आउनुभएको थियो (लुका १९:१०), र त्यो समय (दिन) थियो, र यो ठाउँ (यरुशलेम) त्यो उद्वारमुक्तिको सुनिश्चित गर्ने ठाउँ थियो । पाम सन्डेको दिनलाई हामीले सुन्दै आएको “प्यासन विक” को शुरुवातको दिन भनेर पनि चिन्छौं, र ति दिनहरु येशूले संसारमा गर्नुभएको सेवाकाईका अन्तिम सात दिनहरु पनि हुन् । पाम सन्डे येशूले “संसारमा गर्नुभएको (सक्नुभएको) कामको शुरुवात थियो।”

पाम सन्डेको शुरुवात येशू र चेलाहरु जैतुन डांडा जाने संगै शुरु भएको पाउदछौँ, जहाँ येशूले आफ्ना दुइ जना चेलाहरुलाई अगाडी गएर एउटा गधा ल्याउनु भनेर भन्नुभयो । येशूले भन्नुभए झैँ तिनीहरुले बाँधी राखेको गधा भेट्टाए (लुका १९:२९-३०) । गधालाई फ़ुकाउदै गर्दा मालिकले सोधे, र चेलाहरुले भने ‘प्रभुलाई यसको खाँचो छ’ (लुका १९:३१-३४) । मालिक उत्तरमा बडो सन्तुष्ट भएर चेलाहरुलाई आफ्नो गधा लान दियो । चेलाहरूले त्‍यसलाई येशूकहाँ ल्‍याए, र आफ्‍ना वस्‍त्रहरू बछेड़ोमाथि राखेर येशूलाई त्‍यसमाथि बसाए। उहाँ जानुहुँदा मानिसहरूले आफ्‍ना वस्‍त्रहरू बाटोमा ओछ्याए (लुका १९:३५) र स्वागत गरे ।

येशु येरुशलेममा जाँदै गर्नुहुँदा, ठूलो भिडले उहाँलाई घेरे। त्यो भिडले यो बुझे कि येशु नै मसिह हुनुहुन्छ; तर उनीहरुले यो बुझेनन् कि उहाँको राज्य (उनीहरुले सोचेको जस्तो – शारीरिक) स्थापना गर्ने समय चाहिं अहिले नै आएको थिएन – यद्देपी येशूले पटक पटक त्यो बिषयमा सिकाउनुभएको थियो (लुका १९:११-१२)। बाटोमा जम्मा भएको भिडको उत्साहले “पाम सन्डे” लाई झन् उत्साहित बनाएको थियो । भीड़मा धेरैले आफ्‍ना वस्‍त्रहरु बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए (मत्ती २१:८) र येशू त्यसमाथि सवार हुनुभयो ।

पाम सन्डेको पहिलो दिनमा मानिसहरुले येशूलाई ठूलो आदर दियो: उहाँको अगि र पछि लागेका भीड यसो भन्‍दै कराए, “दाऊदका पुत्रलाई होसन्‍ना! धन्‍य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्‍छ! परमधाममा होसन्‍ना!’(मत्ती २१:९) । उनीहरुको प्रशंसामा, यहुदीहरुले भजनसंग्रह ११८:२५-२६ मा ख्रीष्टको बारेको गरिएको अगमवाणीलाई स्वीकार्दै थियो । आउनेवाला मसिहको बारेमा लेखेको अगमवाणीलाई सबैले स्वीकार्दै गाउदै गरेको देख्दा त्यतिबेलाको केहि धर्मगुरुहरुलाई रिस उठ्यो र केहि फरिसीहरु आएर येशूलाई भने, “हे गुरु, तपाईका चेलाहरुलाई हप्काउनुहोस।” तर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्‌” (लुका १९:४०)।

येशूको यस यरुशलेम प्रवेशको बिषयमा करिब ४५०-५०० बर्ष पहिला अगमवक्ता जकरियाले यसरी भनेका थिए; “हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोडसित कराऊ! हेर, तिम्रा राजा तिमी कहाँ आउँदैहुनुहुन्‍छ। उहाँ धर्मात्‍मा र मुक्तिदाता हुनुहुन्‍छ। उहाँ भला हुनुहुन्‍छ, र गधामाथि, अर्थात्‌ गधाको बच्‍चा एउटा बछेड़ा माथि सवार भएर आउँदैहुनुहुन्‍छ (जकरिया ९:९)।” यस “पाम सन्डे” को घटनामा जकरियाले गरेको एक-एक अगमवाणी पुरा भएको पाउछौँ; उत्सब मनाएको र येरुशलेमले आफ्नो राजालाई स्वागत गरेको, तर दु:खको कुरा त्यो उत्सव केहि समयको लागि मात्र रह्यो ।किनकि भिडले उनीहरुलाई राजनैतिक रुपमा छुटकारा दिन सक्ने मसीहको खोजि गरिरहेको थियो, तर येशू उनीहरुलाई आत्मिक छुटकारा दिनको लागि आउनुभएको थियो । हामीले यो बुझ्नु आवश्यक छ कि; मानिसको पहिलो खाँचो भनेको आत्मिक हो, राजनैतिक, सांस्कृतिक, वा राष्ट्रको मुक्ति होइन ।

त्यो भिडले ठुलो उत्साहका साथ आफ्नो लुगाहरु बाटोमा बिछ्याएर कराएता पनि, उनीहरुले त्यस ठाउँमा येशुको उपस्थितिको वास्तविक अर्थ भने बुझ्न सकेनन। उनीहरुले क्रुसलाई बुझ्न सकेनन । त्यसैले त, ‘जब येशू नजिकै आइपुग्‍नुभयो र सहरलाई देख्‍नुभयो, उहाँ त्‍यसको निम्‍ति रुनुभयो, “शान्‍ति कुन कुराले ल्‍याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्‍टिबाट त्‍यो लुकेको छ। किनकि तँमाथि यस्‍ता दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्‍नेछन्, र सबैतिरबाट तँलाई थुनिराख्‍नेछन्‌। तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्‍तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि भएको परमेश्‍वरको कृपा-दृष्‍टिको समयलाई चिन्‍न सकिनस्‌ (लुका १९:४१-४७)।”
कत्ति दु:खलाग्दो कुरा हेर्नुहोस त, मुक्तिदातालाई देखेर पनि चिन्न सकिनन् । “पाम सन्डे” को दिन “होशन्ना” भनेर कराउने यो त्येही भिड हो जसले हप्ताको अन्तिमतिर “त्‍यो क्रूसमा टाँगिओस्‌।” भनेर चिच्च्याये (मत्ती २७:२२-२३) ।

आउनुहोस यो हप्ता हामी येशूले हामीलाई सित्तैमा दिनुभएको उद्वारमुक्तिमा धन्यबादी हुदै त्यो मुक्ति हामीलाई “सित्तैमा” दिनको लागी येशुले कति धेरै मूल्य चुकाउनु भएको रहेछ अथवा दु:ख (तपाई र मेरो लागी) भोग्नुभएको रहेछ भन्ने कुरालाइ पनि मनन गरौँ र उहाँको आराधना गरौँ । उहाँलाई आ-आफ्नो हृदयमा र घर परिवारमा स्वागत गरौं । उद्वारमुक्ति हामीले सित्तैमा पाएका छौँ – किनकि येशूले ठूलो मूल्य चुकाउनुभयो ।
तपाईंको यो हप्ता आशिषमय रहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved