Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लगाउने पगरीमा नै गर्भ नियन्त्रक साधनहरु राखेर हिड्थे भागवत वाचक शीतलकृष्ण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 23, 2024
9 shares

काठमाडौं। चर्चाको शिखरमा रहेका भागवत कथा वाचक आचार्य श्री शीतलकृष्णजी महाराजमाथी संगीन आरोप लागेको छ । उनकै श्रीमतीले शीतलकृष्णजी महाराजले असंख्य महिलासँग अवैध शारीरिक सम्बन्ध राख्ने गरेको दाबी गरेकी छिन् । यतिसम्मकी उनले आफ्नो शीरमा लगाउने पगरीमा नै गर्भ नियन्त्रक साधनहरु राखेर हिड्ने गरेको भेटेको बताएकी छिन् । असंख्यसँग अवैध सम्वन्ध मात्र हैन आफूमाथिपनि बारम्बार हिंसा भएको उनको आरोप छ । आफू अन्यायमा परेको भन्दै श्रीमती सुकृति पौडेल भुसालले सबै कर्तुत खोल्दै आएकी छन् । सातजुनीसम्म सँगै बिताउने कसम खाएर बिहे गरेकी श्रीमान‍्ले आफूमाथि हिंसा गरेको भन्दै गुनासो गरेकी छन्।

कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसालले आफ्नो जीवनमाथि खेलबाड गरेको र जबरजस्ती डिभोर्सका लागि दबाब दिएको उनको दुखेसो छ। ‘उहाँले मेरो परिवारलाई सामाजिक सञ्जालमा पनि ब्लक गर्नु भएको छ। जता गयो त्यतै सम्बन्ध राख्नु हुन्छ। बुबाआमाले पुजेर दिएको ज्वाइ भन्दै सबै कुरा सहेर बसे। मलाई एक दिन कुरा बुझ्नु हुन्छ भन्ने लागेको थियो। सहनै नसक्ने भएपछि कावासोती प्रहरीमा उजुरी पनि दिएकी छु,’ उनले भनिन्।

उनले आफूलाई पतिले पटक–पटक हिंसा गरेको बताएकी छन्। ‘हाम्रो विवाह भएको तीन वर्ष भयो। विवाहपश्चात् केही महिना राम्रोसँग बित्यो। पछि उहाँको दुर्व्यवहार र दुश्चरित्रहरू मैले अनुभव गर्न थालेँ। मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भन्दा पनि उहाँले मलाई रगताम्य हुने गरी कुटपिट गर्ने घट्ना हुन थाले,’ सुकृति भन्छिन्।

श्रीमान‍्ले आफूलाई भ्रुणहत्या गर्न विवश बनाएको उनको आरोप छ। ‘म सहँदै गएँ। मैले मेरो पीडा माईती पक्षलाई पनि केही भनिनँ,’ उनले भनिन्। उनले अकस्मात आफूलाई छोडपत्र दिने उद्देश्यका साथ श्रीमान‍्बाट जिल्ला अदालत नवलपुरमा डिभोर्स फाइल पेश गरेको जानकारी प्राप्त भएको बताइन्। उनले यस्तो अप्रत्यासित र अकल्पनीय खबरले आफू विक्षिप्त भएको बताएकी छन्। ‘मन लागुञ्जेलसम्म सँगै बस्ने अनि मन भरिएपछि विभिन्न बाहाना गरेर यसै गरेर छोडपत्र गर्दै जाने प्रवृत्ति के उचित हो र ?,’ उनले प्रश्न गरेकी छन्।

उनले डिभोस दिन खोजेको खबर सुन्दा डिप्रेसनमा गएको र औषधि सेवन गरिरहेको बताएकी छन्। उनले श्रीमान‍्सँग एक पटक कुरा गर्न चाहेकोमा श्रीमान‍्को परिवार नै तर्किने गरेको बताएकी छन्। श्रीमान‍्ले आफूसँग कुनै पनि हिसावमा जीवन विताउन नचाहेको भन्दै भाइमार्फत सन्देश पठाएको बताइन्। उनले अहिले पनि आफू मिल्न नै चाहेको बताएकी छन्। ‘मलाई कुटपिट गर्दा, फेसबुकमै तीन–चार महिना ब्लक गरेर बस्दा मैले थुप्रै पीडा भोगेकी छु। मेरो बिहेको तीन महिनामा डर, धम्कि देखाएर भ्रुणहत्या गर्न लगाइयो। मैले आफ्नो अभिभावकलाई पनि यो कुरा भनेकी थिइनँ,’ उनले भनिन्।

डिभोर्सका लागि मुद्दा दायर गरिसकेपछि अब आफूलाई सहज नहुने उनको भनाइ छ। मुद्दा दायर भएपछि पनि आफूले सम्बन्ध सुधार्न संवाद गर्न खोजेकोमा त्यस्तो हुन नसकेको उनको दुखेसो छ। मुद्दा फिर्ता गरेर मैले गल्ति गरेभन्दै गल्ति स्वीकार गरेमा आफू श्रीमान‍्सँग बस्न तयार रहेको उनको भनाइ छ।
‘उहाँको भाइले त्यसको लागि दाइ मर्नु परे तयार हुनुहुन्छ। तर, तपाईंसँग बस्न तयार हुनुहुन्न भन्नुहुन्छ,’ उनले भनिन्। आफूसँग सम्बन्ध भएपछि अरुसँग सम्बन्ध नराख्न नपाउने भएपछि श्रीमान‍्ले डिभोर्श दिन खोजेको उनको आरोप छ।

उनले भारतमा गएर सँगै कोठामा बसेका बेला श्रीमानको पगरी (शीरमा लगाउने वस्त्र) चेक गरेको र त्यहाँ गर्भ निरोधक साधन भेटेको दाबी गरेकी छिन् । एकदिन उहाँले लगाउने पगरी जाँच गरे । पगरी भित्र सानो बक्सा थियो । त्यो भित्र गर्भ निरोध साधन थिए । उहाँका सामाजिक सञ्जाल जाँच गर्दा कयौंसँग रसलीला गरिएका सम्वाद देखेको छु । कति प्रमाण छन् छन् । एक जना हैन अनेकौंसँग यौन सम्वन्ध राख्दै हिड्ने व्यक्ति रहेछन् कसरी गुरु हुन्छन् उनले दाबी गर्दै खुलाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved