Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कैलाश हेलिकोप्टरले सेवा सञ्चालन गरेको ६ वर्ष पुरा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 23, 2024
0 shares

काठमाडौं। निजी लगानीमा स्थापना भएको कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेड सेवा सञ्चालन गरेको ६ वर्ष पुरा भएको छ। कैलाशले २०७४ चैत १० गते ( २०१८ मार्च २३ तारिख) देखि दुईवटा हेलिकोप्टरबाट सेवा सुरु गरेको थियो ।

छैठौं वर्षमा आइपुग्दा कैलाशसँग ३ वटा हेलिकोप्टर छन् । आगामी पाँच वर्षमा कम्तिमा २ वटा हेलिकोप्टर थप्ने योजना रहेको कैलाश हेलिकोप्टरका प्रवन्ध सञ्चालक प्रतापजंग पाण्डेले सुनौलो नेपाललाई बताए ।

नेपाल नागरिक उडड्यन प्राधिकरणको नीतिअनुसार आउँदो पाँच वर्षमा हेलिकोप्टरको संख्या पाँच पुग्ने उनले जानकारी दिए । कम्पनीहरुले हेलिकोप्टर संख्या ५ वर्षमा ५ वटा पुर्याउनु पर्ने नीतिलाई अनुसरण गरी सञ्चालक समितिले पुँजी वृद्धि गर्ने निर्णय गरेको हो ।

२०७६ भदौमा कम्पनीले एउटा हेलिकोप्टर थपेको हो । कोरोना महामारीले गर्दा त्यसपछि कम्पनीले हेलिकोप्टर थप्न नसकेको सञ्चालक पाण्डेले बताए ।

३० करोड रुपैयाँ लगानीमा स्थापना भएको कैलाश हेलिकोप्टरले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर दिएर पुँजी साढे ३१ करोड रुपैयाँ पुर्याएको छ । उक्त वर्ष कैलाशले १० प्रतिशत नगद लाभांश बाँडेको थियो ।

कैलाशले १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आइपिओ) प्रिमियम मूल्यमा निष्कासन गर्ने भएको छ । प्रिमिम दर तोकिएको छैन् । आइपिओ निष्कासनका लागि कैलाश चाँडै नेपाल धितोपत्र बोर्डमा जाने भएको छ ।

प्रिमियम मूल्यमा आइपिओ जारी गर्न कैलाशले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

आइपिओ निष्कासन गर्न कैलाश हेलिकोप्टर पब्लिक कम्पनी लिमिटेडमा रुपान्तरण भएको छ। कम्पनीको २०८० असार ३१ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार प्राइभेटबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो ।

आइपिओ निष्कासन गरेर पूँजी वृद्धिपछि सन् २०२४ र २०२६ मा १/१ वटा हेलिकोप्टर थप्ने योजना कैलाशको छ । कम्पनीले तीनवटा एअरबस एएस ३५० बाट कम्पनीले सेवा दिँदै आएको छ ।

२०७७ सालमा बढी आयकर दाखिला गरेको भन्दै सरकारले कैलाश हेलिकोप्टरलाई सम्मान गरेको थियो । कैलाशले आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी आयकर दाखिला गरेको थियो ।

कैलाशले बिरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पुर्याउने, कर्पोरेट फ्लाइट, ह्युमन कार्गो स्लिङ अपरेसन्स, हाइअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेसल एडभेञ्चर मिसन, फिल्मिङ, स्काई डाइभिङ तथा प्राकृतिक प्रकोप उद्धार सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved