सत्ता गठबन्धनमा आएको परिवर्तनसँगै आयोग पनि खारेज भएको हो । आयोगका अध्यक्ष केशव निरौला थिए । उनी नेपाली कांग्रेसको कोटामा आयोगको अध्यक्ष नियुक्त भएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आयोग खारेज गर्ने मुडमा थिएनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो । एमालेको कोटासहित केही दिनमै पुनः आयोग गठन हुने छ ।
- September 29, 2026
