काठमाडौं । हिजाे मिति २०८० साल चैत ६ गत्ते साँझ काठमाडौंकाे पशुपति क्षेत्रबाट पक्राउ परेका ख्रीष्टियन धर्मका अनुयायी रिहा भएका छन्।
केही बिदेशी नागरिक र पुर्वि नेपालका किरण थापा मगर पशुपति घुम्न गएको समयमा हाेहल्ला गरेकाे भन्दै गाैसाला प्रहरीलाई खबर गरि पक्राउ गरिएकाे थियाे।
बिदेशी नागरिकहरुलाई सामान्य साेधपुछ र कागज पत्र निरिक्षण गरिछाेडिएकाे भएपनि किरण भने हिजाे साँझ गाैसाला प्रहरीकाे नियन्त्रणमा परेका थिए।
घुमघामकाे क्रममा पशुपति क्षेत्र पुगेका किरण थापा मगर पक्राउ परेकाे जानकारि पाउनासाथ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका केन्द्रीय सहअध्यक्ष तुलसि प्रसाद श्रेष्ठ सहितकाे टाेलिले पशुपति क्षेत्र विकास काेषका सदस्य सचिव राजु खत्री, गाैसाला प्रहरी प्रमुख सहितलाई भेट्नु भएकाे थियाे।
काेषका सदस्य सचिब , गाैसाला प्रहरी प्रमुख तथा महासंघका सहअध्यक्ष सहितकाे त्रिपक्षिय सहमतिमा संबिधानले ताेकेकाे नियमलाई मध्यनजर गर्दै आफुले अवलम्वन गरेकाे धर्मकाे अभ्यासगर्दा अन्य धर्मलाई अवराेध नपर्ने किसिमले गर्ने तथा आफ्नाे धर्मकाे प्रचार गर्दा अरु धर्मावलम्बिहरुको आस्थाको केन्द्र मन्दिर, गुम्वा, मस्जित आदिमा गई कानुन बिपरित धार्मिक गतिबिधि गरि अरुको आस्थामाथि असर पर्ने कृयाकलाप नगर्ने लिखित प्रतिबद्धता समेत गरिएको महासंघका सहअध्यक्ष श्रेष्ठले बताउनु भएकाे छ ।साथै यस्ता गैरजिम्मेबार कार्य बाट सचेत रहन समेत सचेत गराईएकाे महासंघका सहअध्यक्ष श्रेष्ठले बताउनु भएकाे छ।
पक्राउ परेका थापाकाे रिहाइमा धार्मिक संरक्षण मञ्चका अध्यक्ष कालबहादुर बि क तथा महासचिव आनन्द बहादुर पुन सहितकाे उपस्थिति रहेकाे थियाे।
