काठमाडौं । गण्डकी प्रदेशमा एमाले सरकार ढले संगै सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले पदबाट राजीनामा दिनुभएको छ ।
बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत नपाएपछी सरकार ढलेको छ । हिजोको संसदमा अनुपस्थित हुनु भएका मनाङेले पदबाट राजीनामा दिनु भएको हो । बिहीबारबाटै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको बताउनु भएकको छ ।
मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको बताउनु भएको छ ।
