Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हतियार सहित बडिगार्ड पक्राउपरेपछि प्रसाईं प्रहरी निगरानीमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 20, 2024
29

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामको महाअभियानका अगुवा बनेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका सुरक्षागार्डले बोकेको हतियारको विषय यतिबेला बहसमा छ ।

सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने क्रममा सोमबार प्रसाईँका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए । प्रसाईंको मुद्दाको पेसी भएकाले पुगेका उनीहरुका साथमा हतियार फेला परेपछि अदालतको गेटमा प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुबाट मेड इन जर्मन जीएसजी–५ लेखिएको एउटा स्वचालित हतियार, सानो र ठूलो गरेर चारवटा म्यागजिन, एउटा म्यागजिन होल्डर र एक सयवटा गोली बरामद भएको थियो । उक्त घटनाले नयाँ मोड लिएको छ ।

गृह मन्त्रालयले मंगलबार देशभरका जिल्ला प्रशासनसँग व्यक्तिलाई सुरक्षाका लागि राख्न इजाजत दिइएका हतियारको विवरण मागेको छ । २४ घण्टाभित्र पठाउन परिपत्र गरेको गृहले त्यसको अध्ययन गर्ने भएको छ । हातहतियार खरखजाना ऐनले व्यक्तिगत सुरक्षाका लागि जिल्ला प्रशासनको अनुमतिमा हतियार राख्न दिइने प्रावधान भए पनि एउटाका नामको हतियार अर्कोले बोकेर हिँड्न पाइँदैन ।

प्रसाईले आफ्नो नाममा झापा जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स(इजाजत पत्र) लिएर आफ्ना सुरक्षागार्डलाई हातहतियार बोक्न दिने गरेको पाइएपछि गृह मन्त्रालयले घटनाको छानबिन समेत थालेको छ ।

प्रसाईंले आफूसँग देशभर जहाँसुकै हतियार बोक्न मिल्नेगरी प्रशासनले लाइसेन्स दिएको जिकिर मात्र गरिरहेका छन् । ‘नेपाल राज्य भर जुनसुकै अवस्थामा लिएर हिँड्न र प्रयोग गर्न पाउने’ लाइसेन्समै उल्लेख रहेको पाइएपछि प्रसाईं अनुसन्धानको घेरामा तानिएका छन् ।
लाइसेन्स प्रसाईको नाममा, बोक्ने व्यक्ति चाहिँ फरक पाइएपछि गृहले अनुसन्धान थालेको जनाएको छ । गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले घटना संवेदनशील रहेको जनाउँदै अध्ययन गरिरहेको बताए ।

‘व्यक्तिलाई हातहतियार बोक्न दिने विषय भनेको विशेष अवस्थामा मात्र हो । हातहतियार खरखजाना ऐनमा पनि त्यो प्रष्ट व्यवस्था छ । जिल्ला बाहिर लान पनि स्थानीय प्रशासनलाई जानकारी गराउनैपर्छ,’ प्रवक्ता भट्टराईले नेपाल न्यूज बैंकसँग भने,‘जहाँ पायो त्यहीं बोकेर हिड्दा सर्वसाधारण त्रसित हुन्छन् भन्ने कुरा सबैले बुझ्नपर्छ ।’

तर प्रसाईले पाँच वर्षयता जहाँसुकै हतियार लिएर हिड्ने गरेको, हजार राउण्डभन्दा बढी गोली बोकेर हिड्ने गरेको बताएका छन् । प्रसाईले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ सालमा हतियारका लागि इजाजत लिएर नियमित नवीकरण गराइरहेको पाइएको छ । आफ्ना सुरक्षागार्डलाई दिएर जहाँसुकै बोकेर हिड्ने गरेको पाइएको छ । तर प्रसाईले ऐनले हतियार कहाँ कहाँ लैजान पाउने, कसले प्रयोग गर्ने जस्ता विषयमा स्पष्ट व्यवस्था नभएको बताउने गरेका छन् ।

हातहतियार तथा खरखजाना ऐन, २०१९ ऐन अनुसार व्यक्तिगत सुरक्षाका लागि हातहतियार राख्न पाउने व्यवस्था गरेको छ । यससम्बन्धी नियमावली, २०२८ मा हावादारी बन्दुकबाहेक एक व्यक्तिलाई बढीमा तीन नालसम्म र एक परिवारलाई बढीमा ६ नालसम्म हातहतियार राख्न इजाजतपत्र दिन मिल्ने प्रावधान छ । हतियार राख्नका लागि उमेर र मानसिक स्वास्थ्य, नागरिकता र प्रतिष्ठा संगीन फौजदारी अभियोगमा सजाय नपाएको, सिकार र हातहतियारसम्बन्धी कसुरमा सजाय नभोगेको हुनुपर्छ ।

त्यसैगरी, हातहतियार खरखजाना (दशौं संशोधन) नियमावली, २०७८ ले हातहतियार राख्न तिर्नुपर्ने शुल्कको व्यवस्था गरेको छ । जसअनुसार पेस्तोल, रिभल्वर वा मिनिएचर राइफलसहित अन्य राइफल राख्न प्रत्येकको पाँच हजार रुपैयाँ इजाजतपत्र दस्तुर बुझाउनुपर्छ । नेपालभरको हकमा ६ हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने प्रावधान छ । नवीकरण दस्तुर जिल्लाभर तीन हजार र नेपालभर पाँच हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै टोटावाल बन्दुक वा मिनिएचर राइफल प्रत्येकको जिल्लाभर इजाजतपत्र दस्तुर चार हजार र मुलुकभर पाँच हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । भरुवा बन्दुक राख्नका लागिसमेत तीन हजार रुपैयाँ शुल्क तोकिएको छ । आफ्नो सुरक्षामा खतरा भएको भन्ने व्यक्तिहरूलाई जिल्ला प्रशासनले हातहतियारसहितको सुरक्षा प्रदान गर्दै आएको छ । यद्यपि प्रतिरक्षाका नाममा दिइने हतियार जथाभावी चलाउन भने पाइँदैन ।

हातहतियार खरखजाना ऐन २०१९ को दफा २० (२) अनुसार अवैध हातहतियार राख्ने व्यक्तिलाई ३ वर्षदेखि ५ वर्षसम्म कैद वा ६० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था थियो । तर उक्त सजायको सट्टा ६ महिनादेखि कैद र १ वर्षसम्म सजाय वा ६० हजारदेखि १ लाखरुपैयाँसम्म जरिवाना वा दुवै सजाय नयाँ व्यवस्था लागु भएको छ । केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७२’ मार्फत् हातहतियार खरखजानासम्बन्धी सजाय घटाइएको हो ।

यो घटनासँगै दुर्गा प्रसाईका गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved