खाेटाङ। खोटाङमा दादुरा रुवेला खोप लगाउने कार्यक्रम सम्पन्न हुनुसंगै १० हजार ६ सय ५ जना बालबालिकाले दादुरा–रुबेला खोप लगाएको तथ्याङ्क स्वास्थ्य कार्यालय खोटाङले दिएको छ ।
लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा–रुबेला खोप लगाएर रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २९ फागुनदेखि चैत्र ३ गतेसम्म सञ्चालन गरिएको दादुरा–रुबेला खोप कार्यक्रममा १० हजार ६ सय ५ जना बालबालिकालाई लगाइएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
