Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठमाडौंमा कुर्सिको भाकल,प्रदेशमा सांसदको बलि ,मुख्यमन्त्री गुरुङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 10, 2021
393 shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले काठमाडौंमा गरिने भाकलका आधारमा प्रदेशहरूमा सांसदको बलि चढाउने गरिएको बताएका छन् । प्रदेशसभामा विश्वासको प्रस्तावमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले कुन प्रदेशमा कसको बलि चढाउने भनेर काठमाडौंमा भाकल हुने र प्रदेशमा सोही अनुसारको बलि चढाउने गरिएको बताए ।

उनले गण्डकी प्रदेशमा त्यस प्रकारको नियति नदेखियोस् भन्ने कामना पनि गरे । उनले भाषण गरेको भरमा व्यवस्था विघटन नहुने दावीसमेत गरे । उनले भने, ‘त्यस्तो कुरा गर्ने हो भने परिवर्तन नरुचाएको शक्तिलाई बल पुग्छ, जनतामा निराश आउन सक्छ ।’ संविधानका प्रस्तावनामा भएका विषयहरु कसैले चाहेर पनि हटाउन वा खोस्न नसक्ने उनले प्रस्ट पारे ।

उनले प्रदेशसभालाई अरुले जे भन्यो त्यही बोल्ने ‘मैना चरीको बथान’ जस्तो बनाउन नहुने पनि जिकिर गरे । ‘हाम्रो कृयाकलापका कारण, अभिव्यक्त गर्ने विषयका कारण प्रदेशसभालाई मैनाचरीको बथानजस्तो बनाइरहेका छौं,’ उनले भने, ‘हामीबीच तिक्तता जति बढ्दैछ, हामी मैना चरीजस्तै हुन गइरहेका छौं ।’

उनले नेपालको राजनीतिक इतिहासमा हरेक एक÷डेढ दशकमा ठुला राजनीतिक घटना एवं परिवर्तन भएको उल्लेख गर्दै उनले जनताको बलमा स्थापित भएको लोकतान्त्रिक व्यवस्थालाई स्थिर हुन नदिन अनेक चलखेल हुने गरेको बताए । २०१५ सालमा काँग्रेस ६९ प्रतिशतभन्दा बढी मत प्राप्त गरेर दुई तिहाईको सरकार बनाएको पार्टीमा पनि वीपी कोइरालाको नेतृत्व विरुद्ध सुवर्ण शमशेरहरुले निर्वाह गरेको भूमिकाले ठुलो दुर्घटना निम्त्याएको उनले बताए ।

बहुदलीय व्यवस्था स्थापित भइसकेपछि पहिलो जननिर्वाचित सरकार आफ्नै दलमा सुविधा जनक बहुमत हुँदाहुँदै पनि सत्तारुढ दलकै सांसद विभाजित भएर आफ्नो पार्टीको नेतृत्वको सरकार ढालेको उनले स्मरण गराए ।

२०७४ सालको निर्वाचनपछि वाम गठबन्धनले झण्डै दुई तिहाई बहुमतसहित सरकार गठन गरे पनि तीन वर्ष नहुँदै त्यसलाई अस्थिर बनाउन अदृष्य शक्तिले चलखेल गरेको उनले बताए ।

प्रदेशमा राजनीतिक स्थिरता कायम राख्नका लागि आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved