Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा सभापति लामिछानेका कार्यकारी धिकृत बरालले छाडे रबिलाई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 13, 2024
[webverse_shares]

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) सभापति तथा नेपाल सरकारका नवनियुक्त गृह मन्त्री रबि लामिछानेका सचिवालय सम्हालेका कार्यकारि अधिकृत हेमन्त बरालले राबि लामिछानेकाे साथ छाडेका छन्।

बरालले आज साँझ आफ्नाे फेसबुक  एक स्टाटस लेखदै आठ महिना सभापति लामिछानेकाे सचिवालयमा रहेर काम गर्दा

हरेक क्षेत्रमा ९०% सफलताका साथ आफुले जिम्मेवारी पूरा गरेकाे र सरकार परिवर्तन सँगै आफुले पनि रबिकाे सचिवालयबाट बिदा लिएकाे बताएका छन्।

हेर्नाेस बरालले आफ्नाे फेसबुकमा उल्लेख गरेकाे स्टाटसकाे पूर्ण पाठ:

हार्दिक आभार।

राष्ट्रिय स्वतन्त्र पार्टी तथा सो पार्टीका केन्द्रीय सभापति साथै यस चितवन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य (सांसद) रवि लामिछानेले आफ्नो चितवन स्थित सचिवालयकाे लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) को विश्वव्यापी आव्हान गर्नु भएको र सो मा सेलेक्ट भई २०८० साल श्रावण देखि हालसम्म कार्यरत रहेको व्यहोरा यहाँहरू सबैमा बिधितै छ।

मेरो सम्झौता १ वर्षको भएतापनि हालै भएको सरकार परिवर्तन साथै सचिवालयलाई केही परिमार्जित रूपमा नयाँ ढंगले संचालन गर्ने केन्द्र तथा स्वयं पार्टी सभापतिको ईच्छा भए बमोजिम म मेरो कार्यकाल सकिनु अगावै आज देखि यहाँहरुबाट विदा हुँदैछु।

यो ८ महिनाको छोटो अवधिमा रवि लामिछानेको छायाँ प्रतिनिधिको रुपमा दिन रात नभनि आफनो बुद्धि विवेक र कार्यक्षमताले भ्याए सम्म जनताका धेरै भन्दा धेरै गुनासाको सम्बोधन गर्नुका साथै यस क्षेत्रमा नेपालकै पहिलो ब्यवस्थित सचिवालयकाे रूपमा अनुशासित ढंगले स्थापित गर्न हामी सक्षम भयौं भन्ने कुरा मलाई विश्वास लागेको छ।

पक्कै पनि “जान्ने लाई छान्ने” मूल नाराका साथ स्थापित भएको यस राष्ट्रिय स्वतन्त्र पार्टी र केन्द्रीय सभापति कै सचिवालय भएको नाताले अब आउने दिनहरुमा पनि आफ्नो विज्ञतालाई सदुपयोग हुने गरीकाे कुनै बिशेष जिम्मेवारी प्राप्त भए आफ्नो ज्ञान र सीपकाे प्रयोग गरि अझ कुशल ढंगले राष्ट्र निर्माणमा समर्पित हुनेछु भन्ने यहाँहरू सबैमा विश्वास दिलाउन चाहन्छु।

हामीले सचिवालय मार्फत संचालन गरेका महिलाहरुको लागि निःशुल्क ब्लू बस सेवा, बिरामीहरुका लागि औषधि समेतको प्राथमिक उपचार सेवा “मोबाईल क्लिनिक”, अति विपन्न १०० परिवारका लागि ५ लाख सम्मको स्वास्थ बीमा, ४-४ महिनामा हुने गरेका सार्वजनिक सुनवाई, देश भरीबाट समस्या र गुनासा सुन्ने “हेल्लो रवि”, वरिष्ठ अधिवक्ता द्वारा प्रदान गरिने निःशुल्क कानूनी परामर्श, संसदीय योजना तर्जुमा बोर्ड मार्फत आफ्नो क्षेत्रका पर्नु पर्ने योजनाहरू, यस क्षेत्रमा परेका योजनाहरुको कार्यप्रगति विवरण तथा सो काे खबरदारी, प्रविधि मैत्री नमूना विद्यालय, घरदैलो कार्यक्रम, दबाब पैदल यात्राहरु, वैदेशिक रोजगारीका समस्याहरू, दैनिक रूपमा सचिवालयमा जनमानसले लिएर आउने समस्याहरु (सहकारी, आर्थिक लेनदेन, शिक्षा, स्वास्थ, भौतिक पूर्वाधार, बाटो, यातायात, खाद्य गुणस्तर, वन, खानेपानी, सुकुम्बासी, सिंचाई, संचार, विद्युत, मालपोत, नापी, कृषि आदि) लाई रेकर्ड गरी सम्बन्धित निकायमा समन्वय गरी ९०% भन्दा बढी समस्यालाई समाधान गर्न हामी सफल भएका छौ।

यसको लागि सम्पूर्ण पार्टी पंक्ति, केन्द्र, विभाग, सरकारी तथा सम्बन्धित कार्यालयहरू, विभिन्न पार्टीका शुभचिन्तक साथीहरु र मेरो प्यारो सचिवालय टीम लाई हार्दिक धन्यबाद दिनुका साथै कृतज्ञता व्यक्त गर्दछु। साथै आगामी दिनहरूमा नयाँ साथीहरु आई यस सचिवालयलाई अझ नयाँ उचाइमा पुर्याउन हुनेछ भन्ने विश्वास राख्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

जाँदा जाँदै … सम्पूर्ण देशका जनताले पुराना पार्टी र सो का नेता प्रति बितृष्णा भई विकल्पको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (विशेषत: रवि लामीछानेलाई) रोजेका छन्, विधिको शासन र शुसासन कायम हुन्छ भन्ने जनताको विश्वासलाई टुट्न नदिई सदा सजक र इमान्दार भै नातावाद र कृपावादबाट टाढा रहि विशिष्ट विज्ञ सल्लाहकारको सल्लाह अनुरूप जनता र देशको सेवा प्रति कटिबद्ध हुन आजको आवस्यकता रहेको छ।

पुनः एकपटक सबैलाई धन्यवाद।

हेमन्त बराल
प्रमुख कार्यकारी अधिकृत
रवि लामिछानेको सचिवालय, चितवन

तस्विर: हेमन्त रावलकाे फेसबुकबाट लिइएको  हाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved