Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मकवानपुरे समाज काठमाडौंको साधारणसभा चोभारमा वनभोज सहित सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 9, 2024
1.4K

काठमाडौं । मकवानपुरे समाज काठमाडौंको साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजको आयोजनाको शनिबार काठमाडौंको चोभारमा वनभोज सहित साधारणसभा सम्पन्न भएको हो ।

लेखक, वरिष्ठ पत्रकार, पूर्व सांसद तथा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा उद्घाटन भएको थियो । श्रेष्ठको प्रमुख आतिथ्यतामा पानशमा दिप प्रज्वलन गरी साधारण सभाको औपचारिक कार्यक्रम उद्घाटन गरिएको थियो ।

कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै पूर्वसांसद श्रेष्ठले मकवानपुर ऐतिहासिक, पौराणिक, धार्मिक र पर्यटकीय महत्वका स्थान भएकाले यसको विकासमा सबै जुट्नुपर्ने बताउनुभयो । उहाँले मकवानपुरले शत्रुराष्ट्रसंघको लडाइमा विराशत जोगाएर नेपालको स्वाधिनता रक्षा गरेको चर्चा गर्दै आगामी दिनमा समाजका विशिष्ठ क्षेत्रमा पुगेका मकवानपुरेहरुले जिल्लाको उन्नयनका लागि काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भारतका सम्राट नेपालमा आएको बाटो , चित्लाङ, गुरु रिम्पोछेले तपस्या गरेको ऋषेश्वर, दामन लगायतका स्थान अन्तराष्ट्रिय पर्यटन हुनसक्ने संभावना रहेका बताउनुभयो । पूर्वसांसद श्रेष्ठले काठमाडौंमा जेरी–मालपुवा पसल राख्नेदेखि, मजदुरी गर्ने र विशिष्ट योगदान पु¥याउनेहरु समेत मकवानपुरेहरुहरु रहेकाले काठमाडौंमा योगदान पुगेको चर्चा गर्दै यसैगरी हाराहारीमा काठमाडौंसंगै विकास गर्नका लागि चुक्न नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य दिपकबहादुर सिंहले यस्ता कार्यक्रमहरुले मकवानपुरेहरुमा आपसी भाइचार र सद्भाव बढाउने भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समाजका सल्लाहकार एवं वरिष्ठ उद्योगपति शिवप्रसाद घिमीरे, वुद्धिजिवी डा. रामहरि लामिछान, विद्युत बज्राचार्य, नरेन्द्र महर्जन लगायतले समाजले सामाजिक कार्यमा दिएको योगदानको चर्चा गरेका थिए । अध्यक्ष अरुणकुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रममा उहाँले वार्षिक प्रतिवेदन पेश गर्नुभएको र उक्त प्रतिवेदन पारित गरिएको थियो । सचिव विधान रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिपक कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

वनभोजमा सांस्कृतिक कार्यक्रम, बिङ्गो खेल लगायतका मनोरन्जनात्मक कार्यक्रम समावेश गरिएको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक मणिराम लामिछाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, दामन पोष्ट साप्ताहिकका कार्यकारी सम्पादक सुवास खुलाल लगायतका विभिन्न क्षेत्रका वुद्धिजिवि तथा व्यवसायी मकवानपुरेहरुको व्यापक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved