कृष्ण कुँवर, अबुधाबी। मौसमको खराबीको कारण ९ मार्च शनिवारको दिनमा हुने आराधाना सेवा नबजागृती मण्डली (अबुधाबी) नेपाल बाईबल संगति (अलाइन), एभृनेशन नेपाली मण्डली (अबुधाबी) मा अबरोध आएको छ।
युएईको सांस्कृतिक विभागले मण्डली हरुलाई दिएको सूचना अनुसार ९ मार्च शनिवार ब्रेदेन मण्डली केंद्र बन्द रहने भएको छ। नब जागृति नेपाली मण्डलीले शनिबार ५:३० बजे सुरु हुने साप्ताहिक संगति सोहि समयमा जुम् अनलाईन् मार्फत हुने नबजागृती मण्डली स्रोतले बताएको छ।
आइतबार र सोमबारको सेवा भनें नियमित हुनसक्ने मण्डली स्रोतले बताएको छ। नयाँ शुरूवात मण्डली (दुबई)मा आइतबार नियमत संगति हुने हुँदा मौसमको प्रभाब नपरेको मण्डली स्रोतले बताएको छ।
एभृनेशन नेपाली मण्डली अबुधाबीको शनिवारको सेवामा अबरोध आएको छ भनें आइतवारको सेवा भनें हुनसक्ने स्रोतले बताएको छ।
नेपाल बाइबल संगती (अलाईन्) मा पनि मौसमको प्रभाब परेकोछ। मण्डलीले जूम अनलाइन मार्फत शनिवारको सेवा दिने बताएको छ।
अशल गोठालो मण्डली सारजामा आइतबार संगती हुने भएकोले मौसमको प्रभाब परेको छैन।
युएईमा नौ र दश तारिख भारी बर्षा हुने मौसम बिभागको पूर्ब सूचना अनुसार नै देशबाशिलाई काम नपरे सम्म बाहिर ननिस्कन र घर भित्र सुरक्षित रहन भनेको छ। समाचार तयार पार्ने बेलासम्म सारजाह र दुबईमा पानी परिरहेको छ भनें। अबुधाबीमा कालो बादल लागिरहेको छ।
