Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नारी दिवसमा मात्रै होइन परिवार र समाजमा समान हैसियत बनाऔं : अनिता रसाइली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 8, 2024
319

नेपालको सामाजिक संरचना अहिलेको २१ औं शताब्दीमा पनि पितृसत्तात्मक नै छ । नेपाली समाजमा महिलाहरु घरधन्दा र चुल्होचौकामा सिमित गराउन हरप्रयत्न गरिएको छ । तर महिलाहरुले घरायसी चौघेराबाट निस्केर सामाजिक कार्यमा सम्लग्न हुन तथा सामाजिक नेतृत्व बहन गर्नका लागि निकै ठूलो साहस र संघर्ष गर्दै आएका छन् ।

जनसंख्याको हिसावले महिलाहरु पुरुषभन्दा बढि छन् । महिला र पुरुष विनाको मानव समाज कल्पना गर्न सकिन्न । अर्थात् मानव समुदायको विरासत जोगाउनका लागि पनि महिला र पुरुष दुवैको आवश्यकता र समान भूमिका रहन्छ । त्यसैले सृष्टिका हिसावले मानव जातिमा महिला र पुरुष दुवैको भूमिका र महत्व बराबर रहन्छ । तर समाजमा अपनाइने धर्म, संस्कार र संस्कृतिका कारण दृष्टिकोणको निर्माण हुने भएको हुँदा नेपाली समाजमा महिलाहरुमाथि हेर्ने दृष्टिकोण गलत ढंगले स्थापित गरिएको छ । यो हिन्दु संस्कृतिमा आधारित लिङ्गभेदको उपज हो ।

हिन्दु धर्मग्रन्थ र त्यसमा आधारित विभिन्न दस्तावेजलाई आधार मानेर गरिएका त्यस्ता अनमेल व्यवहारका कारण दासी जीवन विताउन बाध्य भएका महिलाहरु आज पनि नेपाली समाजमा उपभोग्य वस्तुकै रुपमा प्रयोग गरिँदै आएको छ । यसैले महिला मुक्ति आन्दोलनको खाँचो अहिले पनि खड्कीएको छ ।
हिजोको सामन्तवादी युगमा महिलाहरुलाई अधिकार विहीन बनाएर पुरुषहरुको मनोमर्जी गरिएको थियो ।

आज सामन्तवादको अन्त्य भएपछि पनि पूँजीवादीहरुले महिलालाई विज्ञापनको साधन बनाई मनोरञ्जन र उपभोग्य वस्तुका रुपमा प्रयोग गरेको पाइन्छ । तर महिलाहरुलाई मुक्ति दिने व्यवस्था भनेको समाजवाद नै हो । समाजवादी व्यवस्थाका लागि महिलाहरुले संघर्ष गर्नुपर्छ । समाजवादी आन्दोलनसँग महिलालाई सम्पत्ति र अधिकारको बराबर हिस्सेदार बनाउनुपर्छ ।

प्रजातान्त्रिक, लोकतान्त्रिक वा गणतान्त्रिक व्यवस्थामा समेत महिलाहरु माथि भएको अन्याय, अत्याचारको अन्त्य नहुनु भनेको नेपाली महिलाहरु सचेत र संगठित नहुनु नै मुख्य समस्या हो । आन्दोलन गर्नुपूर्व महिलाहरुले आफ्नो मुख्य शत्रु किटान गर्नुपर्छ । महिलाहरुको मुख्य शत्रु भनेको पितृसत्ता, सामन्तवाद र दलाल पूँजीवाद नै हो । त्यसले पुरुषमात्रमा प्रभाव पारेको होइन, महिलाहरुलाई पनि ठूलो प्रभाव पारेको हुन्छ ।

महिनावारी हुँदा छोइछिटो बार्ने, सुत्केरी हुँदा छुवाछूत गर्ने, छाउपडी प्रथा, विहेमा ज्वाईलाई दाइजो दिर्नैपर्ने, विहे गरेपछि अंश नपाउने वा पैतृक सम्पत्ति छोरीले नपाउने, सम्पत्तिको मालिक हुन नपाउने सामाजिक व्यवस्था लाई भत्काउनु पर्ने विषय नै महिला मुक्ति आन्दोलनको निसाना र प्रहार गर्नुपर्ने विषय हुन् ।

छोरा र छोरीबीचको भेदभावको मानसिकता बच्चाबाटै हटाउनु पर्छ । छोरासरह छोरीले पनि आफ्नो परिवारको हेरचाह र पालनपोषण गर्न सक्छन् भन्ने मान्यता सानैबाट बुझ्नु र बुझाउनु पर्छ । अवसरमा समानता भएमा चुनौतीको पनि समान ढंगले सामना हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । नेपाली समाजमा यदाकता अहिले पनि सासु–बुहारी, नन्द–भाउजु, देउरानी–जेठानी बीचमा कुरा काट्ने, एकले अर्कालाई पिरमर्का दिने, महिला भएर पनि अर्को महिलामाथि अन्याय गर्न सहभागि हुने चलन पाइन्छ यो सबैभन्दा ठूलो विडम्बना र दुःखको विषय हो ।

यसरी महिलाले महिलामाथि विभेदको सोंच राख्नु हुँदैन । जब एउटा घर परिवारबाटै महिला र पुरुषबीचको समान सहभागिता र समतामूलक समाज निर्माणको पहल गर्न सकिन्छ । यसैले महिला पुरुषबीचको विभेद अन्त्य गर्न सोंच बदल्नु पर्छ र हातेमालो गर्नुपर्छ । जब परिवारमा विभेदको अन्त्य हुन्छ तब सामाजिक विभेदको अन्त्य गर्न सहज हुन्छ । त्यसका लागि पुरुषहरुको सोंच सकरात्मक हुनुपर्छ र महिलाहरुलाई हरेक अवस्थामा स्वीकार गर्न सक्नुपर्छ ।

जब ८ मार्चमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संसारभर मनाइन्छ अनि नेपालमा पनि महिला मुक्ति र अधिकारका कुरा ठुला ठुला स्वरमा सुनिन्छ । दिवस मनाउनका लागि महिलाहरुलाई विदा दिइन्छ, दिवसका दिन कार्यक्रम गरिन्छ अनि घर फर्केर आएपछि महिलाले महिला माथि विभेदको श्रृङ्खला शुरु हुन्छ । यसैले महिला मुक्तिको सवाल महिला वा पुरुष लिङ्गका आधारमा मात्रै होइन सोंच, विचार र चिन्तनका आधारमा हुने भएकोले सोंच बदल्नुपर्छ । नेपालमा पितृसत्तात्मक सोंच बदल्न, सम्पत्ति र अधिकारमा समान हैसियत कायम गर्न महिला मुक्तिको आन्दोलन सचेत र संगठित रुपमा अघि बढाउनै पर्छ । लामो समयदेखि जकडिएको सोंच बदल्नका लागि ठूलै संघर्षको खाँचो छ ।

संसारका अन्य देशमा महिला पुरुष बराबरी अधिकार सम्पन्न भईसकेको अवस्थामा नेपालमा भने अझै विभेद कायम छ । त्यसैले दिवसका दिन मात्रै महिला अधिकार र मुक्तिका कुरा उठाएर हुँदैन विश्व महिला मुक्तिको विषयमा पनि अध्ययन गर्न आवश्यक छ । अहिले मनाइने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यापि कायमै छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु ।
यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको लागि अन्तर्राष्ट्रिय नारा र “महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी” भन्ने राष्ट्रिय नारा तय भएको छ ।

नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ । सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको छ । महिलाको हक हित र अधिकारको संरक्षण एवम् प्रवर्द्धन, महिला सहभागिता, महिला सशक्तिकरण र समानताको लागि सरकारले विभिन्न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको छ । देशको समृद्धिमा महिलाको योगदानको कदर गर्दै राज्यका विभिन्न संरचनामा महिलाको भूमिका विस्तार गर्न सरकारले विशेष जोड दिन आवश्यक छ ।

तीनै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र तथा सरोकारवाला निकायबाट महिलाको क्षमता विकास, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा आवद्धता, लैङ्गिक मूलप्रवाहीकरण र सशक्तिकरणको लागि अधिकतम लगानी गर्न आवश्यक छ । महिलामा गरिने लगानीले महिलासँगै परिवार, समाज हुँदै समग्र राष्ट्रलाई नै समृद्धिको मार्गमा पु¥याउनुका साथै लैङ्गिक समतामूलक राष्ट्र निर्माणमा समेत सहयोग पु¥याउँछ । शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जनमा सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँच लगायतका विषयमा महिला लक्षित कार्यक्रमहरूमा लगानीलाई थप प्रभावकारी बनाउन आवश्यक देखिन्छ ।

महिलाको अर्थपूर्ण सहभागिता, प्रतिनिधित्व र नेतृत्व विकासमा जोड दिँदै महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य गर्न जरुरी छ । महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गर्न र समानताको व्यवहारिक प्रत्याभूति दिलाउन आवश्यक देखिन्छ ।

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, २०२४ को अवसरमा सम्पूर्ण सरोकारवाला निकायहरूलाई महिला सहभागिता, सशक्तिकरण, समानता, प्रतिनिधित्व एवम् क्षमता विकासका लागि आ–आफ्नो तर्फबाट जिम्मेवार र उत्तरदायीपूर्ण तवरबाट भूमिका निर्वाह गरौं । नेपालमा महिलामाथि भएका सबैखाले विभेदको पूर्णरुपमा अन्त्य गरौं र समतामूलक समाजको निर्माणमा जुटौं, परिवर्तन हाम्रै पालामा सम्भव छ, त्यसको थालनी आजैबाट, आफैबाट शुरु गरौं ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved