Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सेना दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उपराष्टपति यादवकाे शुभ कामना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 8, 2024
58

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि, सेना दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले भनेका छन्, “मधेसमा ‘जलधरी’, ‘शिवराइत’, ‘शिवरात’ आदि नामले लोकप्रिय महाशिवरात्रिमा भगवान् शिवलाई बेलपत्र, धतूरो, अबीर आदि अर्पित गर्दै पूजाआजा गर्ने परम्परा छ, यो पवित्र पर्वले काम, क्रोध, लोभ, मोह र अहंकार त्याग्न सबैलाई उत्प्रेरित गर्न सकोस्, नेपाल र सम्पूर्ण विश्वमा शान्ति, पवित्रता र प्रेमको सत–धर्म स्थापित गर्दै आध्यात्मिक उन्नतिका लागि सबैलाई अनुकूलित हुने अवसर यो पर्वले प्रदान गरोस् ।”

महाशिवरात्रि भगवान् शिवमा समर्पित पर्व हो । महाशिवरात्रिमा शिवलिङ्गलाई रुद्राभिषेक र जलाभिषेक गर्नुलाई अत्यन्त महत्वपूर्ण अनुष्ठान मानिन्छ । यो पर्वमा भगवान शिवको पूजाआजा र व्रत उपवास गरे सबै रोग र शारीरिक दोषबाट मुक्ति पाउने जनविश्वास रही आएको छ । महाशिवरात्रिका अवसरमा देशभरका शिवालय, महादेव मठ र शिवमन्दिरमा हिन्दू भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

त्यसैगरी सेना दिवस–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले नेपाली सेना आफूलाई थप सशक्त, सबल तथा सुदृढ बनाउँदै परिवर्तित समय र युग अनुरुपको आधुनिकीकरण गर्दै अघि बढ्नुपर्ने उल्लेख गरेका छन्।

नेपाली सेनाका लागि आवश्यक सैन्य सामग्री र प्रविधि नेपालमा उत्पादन नहुने र हालको संरचनालाई आफ्नै आर्थिक–प्राविधिक क्षमताले थेग्न नसकेर दक्षता, सबलीकरण र आधुनिकिकरण गर्ने प्रक्रियामा परनिर्भरता बढ्दै जानु राष्ट्रिय हितको दृष्टिमा गैर–अनुकूलित र संवेदनशील विषय भएकाले यसमा सम्बन्धित सबैको ध्यान पुग्नपर्ने उपराष्ट्रपति यादवको भनाइ छ ।

यसैगरी उपराष्ट्रपति यादवले अन्तर्राष्ट्रिय महिला दिवस–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै महिलाको समानता, समावेशिता र प्रगतिले हामी सबै लाभान्वित हुने विषयमा कसैको दुई मत हुन नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved