Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गृहमा श्रेष्ठले सम्पन्न गरेका २१ र सुरु गरेका ९ काम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 7, 2024
[webverse_shares]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आज गृहमन्त्रालयबाट बिदाई भएका छन् । श्रेष्ठले सो क्रममा मन्त्रालयमा आयोजित कार्यक्रममा आफूले सम्पन्न गरेका र सुरु गरेका कामहरुबारे जानकारी गराए ।कार्यभार समालेकै दिन सुराकी खर्चको नाममा गृहमन्त्री र सचिवले लाखौं रकम खर्च गर्ने अपारदर्शी प्रणाली खारेज गरेर अगाडि बढेका श्रेष्ठले नक्कली भुटानी शरणार्थी, ललित निवास जग्गा, छालाजुत्ता कारखाना, सीमा सुरक्षा, जन्मदर्ता मिति सच्चाउने, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणालगायतका महत्वपूर्ण कामहरु गरे ।

सुरुदेखि अन्तिम दिनसम्म कुनै विवादमा नआएरै गृहमन्त्रालयमा रेकर्ड रहनेगरी कार्य सम्पादन गरेका श्रेष्ठले ९ काम सुरुवात गरेका छन् । सुरु गरिएका कार्यहरु सम्पन्न नहुँदै मन्त्रिमण्डल पुनर्गठनपछि परराष्ट्र मन्त्रालयको जिम्मेवारी समाल्ने तयारीमा छन् ।

यी हुन् सम्पन्न भएका २१ र सुरु गरेका ९ काम

१) सुराकी खर्चको नाममा गृहमन्त्री र सचिवले लाखौं रकम खर्च गर्ने अपारदर्शी प्रणाली खारेज गरिएको।

२) मिटर व्याजपीडितलाई न्याय दिन उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको। फास्टट्र्याकबाट कानुन जारी गरिएको। आठ हजार भन्दा धेरै पीडितले न्याय पाइसकेको।

३) नागरिकता ऐन २०६३ को संशोधन जारी भई आमाको नामबाट नागरिकता पाउने र गैर आवासीय नेपालीलाई नागरिकता दिने कार्यको थालनी भएको।

४) नक्कली भुटानी शरणार्थी, सुन तस्करी, ललिता निवास तथा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा ठगी जस्ता अनियमितताका फाईल खोलेर सुशासन अभियानको सुरुवात गरिएको। ललिता निवास र बाँससबारी छाला जुत्ताको जग्गा फिर्ता हुने क्रममा।

५) सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र संरक्षण गर्ने अभियानअन्तर्गत मातहतका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएको। लगत अध्यावधिक कार्य तीव्र बनाईएको।

६) राष्ट्रिय परिचय पत्रका सन्दर्भमा नागरिकको जैविक विवरण विदेशी नीजि कम्पनीको हातमा पुग्नेगरी जारी गरिएको अघिल्लो कार्यविधि र सम्झौता खारेज गरिएको। राष्ट्रिय परिचय पत्र सम्बन्धि काम विभाग आफैंले अगाडि बढाईरहेको।

७) राज्यलाई करोडौं भार पर्नेगरी अव्यवस्थित वितरण गर्ने गरिएको पदक तथा विभूषण हाललाई खारेज गरिएको।

८) समग्र गृह प्रशासन सुधारको कार्ययोजनालाई नयाँ ढंगले अगाडि पढाउन पूर्व मुख्य सचिव लिलामणि पौडेलको नेतृत्वमा गृह प्रशासन सुधार कार्यदल गठन गरिएको।

९) कारागारमा प्रोवेशन र प्यारोल (एकबर्सभन्दा बढि कैद सजाय भएकामध्ये ६६ प्रतिशत कैद भुक्तान भएकाहरूको कैद मिनाहा लागू हुने) प्रक्रिया अगाडि बढेको।

१०) दार्चुलाको टिंकरसहित २३ स्थानमा विओपी (सीमा सुरक्षा बल) स्थापना गरिएको।

११) भिआईपी सुरक्षा कार्यविधि जारी गरी सुरक्षालाई व्यवस्थित बनाईएको।

१२) प्रहरी-कर्मचारीको सरुवा तथा बढुवालाई विधि एवम् मापदण्डमार्फत् व्यवस्थित रूपमा लागु गरिएको। आन्तरिक सुशासनको प्रत्याभूति दिईएको।

१३) गृह प्रशासनमा ध्यान र योगलाई स्वजारणका रूपमा अगाडि बढाईको। नक्खु कारागारमा नेपालकै पहिलो र विश्वकै तेश्रो ध्यान केन्द्र स्थापना गरि ध्यान शिविर आरम्भ गरिएको।

१४) अध्यागमन सुधार अन्तर्गत एयरपोर्टमा भिजिट भिसामा हुने गरेको भनिएको सेटिंग भत्काउदै भिजिट भिसा निर्देशिकाको वस्तुनिष्ठ परिमार्जन तथा कार्यालयलाई अटोमेसन गरिएको। अनलाइन भुक्तानी, ईटिए र अनलाईन भिसा प्रणाली लागू गरिएको।

१५) राष्ट्रिय परिचयपत्रमा घटना दर्ता प्रणाली र आन्तरिक राजस्व प्रणाली (स्थायी लेखा नं.) लाई आवद्ध गराईएको। बाँकी सेवा समेत जोड्ने प्रकियामा रहेको।

१६) प्रहरी प्रशासनलाई विना हस्तक्षेप कानुन पालनाको स्वतन्त्रता दिइएको। फलत: अपराध नियन्त्रणमा मातहतका निकाय प्रभावकारी भएको। यसबीचमा देखापरेका हरेक अपराध अनुसन्धानमार्फत टुंगोमा पुगेको।

१७) भूकम्प प्रभावित क्षेत्रको लागि भुकम्प पुनर्निमाण कार्यविधि जारी गरिएको। अस्थायी आवास निर्माणको लागि पीडितलाई तत्काल राहत सहित ५०/५० हजार वितरण गरिएको।

१८) जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न संघर्षमा सहादत प्राप्त गर्नुभएका आठ हजार चार सय ७१ जनालाई सहिद घोषणा गरी सो विवरण नेपाल राजपत्रमा प्रकाशित गरिएको।

१९) हरेक आन्दोलन र असन्तुष्टिलाई वार्ताका माध्यमबाट सुल्झाईएको, सुल्झाउने प्रयत्न जारी रहेको र धार्मिक, साम्प्रदायिक तथा जातीय अराजकता नियन्त्रणमा कुशल नेतृत्व गरिएको।

२०) नाम, थर र जन्म मिति सच्याउने नियमावली जारी र लागु भई लाखौं विध्यार्थी लाभान्वित भएको।

२१) सीमामा हुने तस्करीको कडाईपूर्वक नियमन तथा नियन्त्रण गरी राजस्व वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको।

सुरुवात भएका कामहरू-

१) प्रहरी समायोजन समिति गठन भई समायोजन कार्य आरम्भ भएको।

२) प्रहरी ऐन, प्रहरी समायोजन ऐन (केही संशोधन), निर्वाचन कानुन, स्थानिय प्रशासन ऐन लगायतका महत्वपुर्ण ऐन, कानुनहरु तयार भई क्याविनेटमा पेश गर्ने प्रक्रियामा रहेको।

३) सहकारी विभागले समस्याग्रस्त भनेर सिफारिस गरेका सहकारीका संचालक तथा अपचलनकर्तालाई कानुनी कार्वाही गर्ने र पीडितलाई न्याय दिनेगरी सिआईबीको अनुसन्धान अगाडि बढेको। कतिपय अपचललन कर्ताको हकमा डिफ्यूजन नोटिस, रेड कर्नर नोटिस जारी भई पक्राउको क्रममा रहेको।

४) अध्यागमन नियमावली ड्राफ्ट गर्न समिति गठन भएको।

५) नागरिकता कार्यविधि तयार गरिएको। क्याविनेटमा पेश गर्ने गरि अन्तिम चरणमा रहेको।

६) लागू औषध विरूद्धको राष्ट्रव्यापी अभियान सन्चालन गर्ने कार्ययोजना तयार भई लागू गर्ने क्रममा रहेको।

७) आपतकालीन एकीकृत कल रेस्पोन्स सिस्टम लागू गर्ने अन्तिम तयारीमा रहेको।

८) अनियमितता देखिएका ठूला भनिने कतिपय फाईल अनुसन्धानको क्रममा रहेको।

९) देशैभरीका ट्राफिक प्रहरी कार्यालयमा थन्किएका वेवारिस/अवैध सवारी साधनहरूको लिलामी तथा व्यवस्थापन प्रक्रिया अन्तिम चरणमा पुगेको।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved