आकाश मगर । मगर समुदायले आफ्नो एकता फेसबुक सङ्गै ब्यावहारमा देखाएकाछन। दुबईमा मृत्युदण्डको सजाय सुनाइएका पहलमान थापा मगरको सहयोगका लागि आवश्यक रकम संकलन भएको मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिएका छन् ।
दुबईस्थित जेलमा ५ वर्षदेखि बसिरहेका पहलमानलाई मृत्युदण्डको सजाय सुनाइएको र ब्लडमनि बापत आवश्यक पर्ने ५० लाख रुपैयाँ संकलनका लागि सामाजिक कार्यमा क्रियाशिल रहेको मगर संसार फोटो ग्यालरी र अन्य सामाजिक संघ संस्थाहरुले अभियान संचालन गरेको थियो ।
पहलमान थापालाई आवश्यक स्वदेश फर्काउ अभियानमा सहयोग गर्ने सम्पूर्णलाई मगर संसार फोटो ग्यालरीले धन्यवाद ज्ञापन समेत गरेको छ । धादिङ जिल्ला नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ तमै घर भइ हाल विगत ५ वर्षदेखि दुबईको केन्द्रिय जेलमा रहेका पहामानलाई केहि महिना अघि फासीको सजाय सुनाइएको थियो।
आवश्यक रकम जुटेपछि मगर संसार फोटो ग्यालरिको अध्यक्ष अनिल लामिछानेले अब अभियान बन्द भएको र चाडै पहलमानलाई फांसिबाट बचाउने बताए।
