काठमाडौँ । काठमाडौंकाे कोटेश्वरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएर घाइते बनाएको छ । प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीलाई ठक्कर दिएको हो ।
कोटेश्वरबाट बालकुमारी जाने क्रममा बसले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए । घाइतेको सईकाे माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहको छ भने ठक्कर दिने बस चालक नवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
