सुनसरी । सुनसरीको बर्जु गाउँपालिका- ६ स्थित हुलाकी राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
हिजो बेलुका ७ बजे चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना भएको हो । दुर्घट्ना भई घाईते भएका चालक देवानगंज- ७ का २० बर्षीय जय कुमार उराव मोटरसाईकलमा पछाडी २९ बर्षीय मनोज कुमार उराव २२ बर्षीय निरज उरावलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाएईएकोमा उपचारको क्रममा निरज उरावको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चिमडीले छ ।
