आकाश मगर,उदयपुर। उदयपुरको त्रीयुगा नगरपालिकमा एउटा अनौठो जुहारि चलिरहेकोछ। त्रीयुगा नगरपालिकामा २०८० -११-४ गते कार्यपालिकाको बैठकमा त्रीनपा १० वडाधक्ष्य किरण पाण्डेले नगरपालिकामा जनताले कर्मचारिको ढिला सुस्तिको कारण सेवामा ढिला सुस्ति भएको गुनासो आए पछि भ्रष्टचार गर्ने जो कोहि कर्मचारि वा जनप्रतिनिधिलाई कालोमोसो दल्नु पर्छ र सडमा ल्याउनु पर्छ भने पछि ६२ जना कर्मचारिले असन्तुष्टि ब्यक्त गरेर प्रमुख प्रसासकिय अधिकृतलाई ज्ञापन पत्र बुझाएकाछन ।
देशभरि १९९ नगरपालिका मध्ये बित्तिय सुसासन कायम नगरेको नगरपालिका मध्ये त्रीयुगा नगरपालिका पहिलो नम्बर पर्ने भन्दै भ्रष्टचार बिरुद्वको अभियानमा आफु रहेको र नगरपालिको साख बिगार्नुमा कर्मचारिनै जिम्मेवार रहेको पाण्डेले बताए। पछिलो समय राजनितिक कर्मिहरुले देश बिगार्नमा कर्मचारिको भुमिका ठुलो छ भनेर आम जनताको कर्मचारि प्रति फरक नकरात्मक धारणा भएकोबेला त्रीयुगा नगरपालिकाको कर्मचारिको यो असन्तुष्टिले साच्चै कर्मचारिहरु भष्टचार प्रति लिप्तरहेको जानकारहरु बताउछन ।
